सडकका पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १४:४८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/goru_hlO0Jm6yEm.jpg)
७ कात्तिक, कैलाली । कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको सडकका छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदललाई एक महीनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा चौपायाको व्यवस्थापनको समग्र योजना बनाएर बैठकमा पेश गर्ने गरी निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले बताए । कार्यदलमा कुन–कुन क्षेत्रको व्यक्ति र कति जना रहने भन्ने जिम्मा पनि संयोजकलाई नै तोकिएको बताइएको छ ।
छलफलमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशु चौपाया व्यवस्थापनका थुप्रै प्रयास गर्दा पनि पूर्णरुपमा व्यवस्थापन हुन नसकेको बताए । उनले भने, “उपमहानगरपालिकाले गौशाला बनाएर व्यवस्थापन गरेको छ तर व्यवस्थापन नगरेका स्थानीय तहबाट धनगढीमा पशुचौपाया भित्रिने गरेका छन् ।”
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले गौरीगङ्गाको तालबन्द क्षेत्रमा एकीकृतरूपमा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने प्रस्ताव आफूले राखेको बताए ।
गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा कैलाली र कञ्चनपुका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने विषयमा छलफल भएको बताए । स्थानीय तहले मात्रै छाडा चौपाया व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि प्रदेश सरकारसँग छलफल थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
असार २०, २०८१ बिहिबार
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना
असार १९, २०८१ बुधबार
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार