पार्टीभित्र दबाव बढेकै बेला ओली अजरबैजान प्रस्थान
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १८:२८:२७
७ कार्तिक, काठमाडौं । पार्टी राजनीतिमा तीब्र दवाव पर्न थालेपछि केही विश्राम गर्नका लागि प्रधानमन्त्री खड्गप्रसाद ओली आज अजरबैजान प्रस्थान गरेका छन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसहमति बमोजिम कार्यकारी अध्यक्ष र आलोपालो प्रधानमन्त्रीको सहमति पालना नगरेको भन्दै राेइलो गर्न थालेपछि ओली अजरबैजान भ्रमण गर्ने निर्णयमा पुगेका हुन् ।
ओली निकट स्रोत भन्छ– असंलग्न राष्ट्रको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री जाने तयारी थिएन । विगतमा पनि यस्तो सम्मेलनमा उपराष्ट्रपतिलाई पठाइने प्रचलन थियो । छिमेकी भारतले विगत लामो समयदेखि सम्मेलनमा भाग लिन उपराष्ट्रपतिलाई नै पठाउने गरेको छ । यसपाला पनि उपराष्ट्रपति नै सहभागी भइरहेका छन् । नेपाल भने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलसहित अजरबैजानतर्फ लागेको छ । वास्तवमा ओली प्रचण्डको कचकचबाट उम्कन नै सम्मेलनमा जान राजी भएका हुन् ।
आज मध्यान्ह उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनी कार्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । शिखर सम्मेलनका क्रममा ओलीले भेनेजुएलाका कम्युनिष्ट राष्ट्रपति मुडुरोलाई भेट्दै छन् ।विगतमा प्रचण्डले मुडुरोको पक्षमा वक्तव्य निकाल्दा ओलीले घुमाउरो पारामा विरोध जनाएका थिए । तर अहिले भने उनै मुडुरोलाई भेट्न ओली राजी भएका हुन् । भेनेजुएलाको आन्तरिक राजनीतिप्रति शक्ति राष्ट्र अमेरिकाले विरोध जनाउँदै आएको छ ।
मुडुरो सरकारलाई अमेरिकाले अवैध घोषणा गरेको छ । अजरबैजान भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भारतका उपराष्ट्रपति एम भेइकाई नायडूसँग पनि बेग्ला बेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
असंलग्न राष्ट्रहरुको यो १८ औं शिखर सम्मेलन हो । यो संगठनमा हाल नेपाल लगायत विश्वका १२० राष्ट्र सदस्य छन् भने १७ मुलुक पर्यवेक्षकका रुपमा सहभागी हुँदै छन् । शितयुद्ध कालमा विश्व अमेरिका र सोभियत संघ पक्षमा आवद्ध रहेका बेला सन् १९६१ मा असंलग्न राष्ट्रहरुको बेग्लै समूह स्थापना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
असार २३, २०८१ आइतबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार