आलमपछि रौतहट बमकाण्डमा प्रचण्ड र माधव नेपाल पनि तानिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १९:४४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/alam-situwala-parchanda-nepal_AiYVECnKo2.jpg)
७ कात्तिक,काठमाडौं । मोहमद अफ्ताव आलम यतिबेला नेपाली राजनीतिका सबैभन्दा ठूला खलपात्र बनाइका नेता हुन् ।गत संसदीय निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइतेलाई जिउँदै इँटाभट्टामा जलाउने क्रूरताका मुख्य पात्रका रुपमा प्रचारित आलम अहिले रौतहट प्रहरीको हिरासतमा छन् । उनी सरकारी वकिलसँग इन्कारी बयान दिइरहेका छन् ।
तर मूलधारका अखबारले उनलाई यो शताब्दीकै सबैभन्दा क्रूर व्यक्ति र राजनीतिको आडमा अपराध कर्म गर्ने कुपात्र बनाएको देखिन्छ । वास्तवमा सार्वजनिक रुपमा प्रचारित यो घटना यथार्थ हो भने आलम र आलम जस्ता नेतालाई जिउँदै जलाउने कानून ल्याउनु पर्छ । राजनीतिको आडमा यस्तो जघन्य अपराध गर्नेलाई कुनैपनि हालतमा छाड्नु हुँदैन ।
नेपाली कांग्रेस स्वयं विधिको शासनको पक्षमा लामो संघर्ष गरेको दल हो । त्यसैले गलत गर्ने जो सुकैहोस् , चाहे आफ्नै मानिस किन नहोस् कांग्रेसले विरोध गर्नैपर्छ । तर अपराध नगरी केवल सत्ताधारीले फसाउने उद्येश्यले मात्र यो मुद्धा व्युँझाउने काम गरको हो भने त्यो चाहिं सह्यय हुँदैन ।
यो घटनाका सबैभन्दा ठूलो दोषी भनेका पहिलो संविधानसभाबाट निर्वाचित तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” हुन् । निर्वाचनपछि एकलौटी सरकार गठन गरेका प्रचण्डले सो घटनाको किन छानविन गरेनन् भन्ने प्रश्न उठेको छ । त्यस्तै प्रचण्डको नौ महिने सरकारपछि गठित एमालेका नेता माधवकुमार नेपाल अर्को दोषी हुन् । तत्कालिन प्रधानमन्त्री जो स्वयं रौतहटका बासिन्दा हुन् । नेपालपछि प्रधानमन्त्री बनेका झलनाथ खनाल,शेरबहादुर देउवा, केपी ओली समेत उत्तिकै दोषी हुन् ।
आलम घटनाको विचित्र पक्ष भनेको १२ वर्षपछि पक्राउ पर्नु नै हो । सत्ता र पैसाको बलमा आलमले घटना गुपचुप राखेको आरोप छ । तर आलम सधैं सत्तामा थिएनन् । यो अवधिमा धेरै समय नेकपा एमाले नै सत्ताको मुख्य खेलाडी थियो । आलमले अपराध गरेका थिए भने तत्कालिन सरकारले कानूनी दायरामा ल्याउन सक्नुपथ्र्याे ।
यतिबेला त्यो पनि केपी ओलीको सत्ता आतंक फैलिएका बेला घटना फेरि सतहमा आउनुका पछाडि पूर्वाग्रह छैन भन्ने आधार सरकारले तयार गर्नुपर्छ । यदि घटना भएको हो भने यति लामो समय स्वयं एमाले सत्तामा रहेका बेला किन सार्वजनिक गरिएन । आजको दुनियाँमा यत्रो जघन्य अपराध लुकाउन सहज पनि छैन । सामाजिक सञ्जालको यस्तो प्रभाव रहेका बेला आलम घटना लुकाउन सफल भए भन्ने तर्क पत्यार लाग्दैन ।
अर्काे पक्ष भनेको अपराध कर्मको भागीदारी हो । मानीलिउँ आलमले यो क्रूर काम गरेकै थिए । आलमले अपराध गर्दा त्यसलाई लुकाउन सघाउने सबै यसका दोषी हुन् । यसरी तर्क गर्ने हो भने यो घटनाका सबैभन्दा ठूलो दोषी भनेका पहिलो संविधानसभाबाट निर्वाचित तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” हुन् । निर्वाचनपछि एकलौटी सरकार गठन गरेका प्रचण्डले सो घटनाको किन छानविन गरेनन् भन्ने प्रश्न उठेको छ । त्यस्तै प्रचण्डको नौ महिने सरकारपछि गठित एमालेका नेता माधवकुमार नेपाल अर्को दोषी हुन् । तत्कालिन प्रधानमन्त्री जो स्वयं रौतहटका बासिन्दा हुन् । नेपालपछि प्रधानमन्त्री बनेका झलनाथ खनाल,शेरबहादुर देउवा, केपी ओली समेत उत्तिकै दोषी हुन् ।
फौजदारी अपराधमा तीन खाले अपराधी हुन्छन् । पहिलो वर्गमा बिफोर द एक्ट अर्थात वारदात हुनु अघिका पात्र अपराधी हुन्छन् । यो समूहमा अपराध गर्न योजना बनाउने, तयारी गर्ने, हातहतियारको जोहो गर्ने पर्छन् । दोस्रो तहका अपराधीमा ड्युरिङ द एक्ट अर्थात घटनामा प्रत्यक्ष संलग्न हुनेहरु पर्छन् । यो मुद्धामा घाइतेलाई इँटाभट्टामा हाल्नेहरु दोस्रो तहका अपराधीमा पर्छन् । अनि तेस्रो समूहमा आफ्टर द एक्ट अर्थात घटना भइसकेपछि त्यसलाई लुकाउन दवाउन सघाउनेहरु पर्छन् । यो समूहमा आलमलाई बचाउन सघाउनेहरु पर्छन् । जसमा प्रहरी प्रशासन , जिल्ला प्रशासन, सरकारी वकिल प्रत्यक्ष रुपले अपराधीको सूचीमा परेका छन् ।
यसै अवधिमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बनेका हुन् । उनलाई आफ्नै जिल्लाका नेता कार्यकर्ताले यसबारे अवश्य पनि भनेको हुनुपर्छ । आलमले अपराध गरेको पूरा जानकार प्रधानमन्त्रीहरुले कारबाही गर्नुको सट्टा आफ्नै मन्त्रिमण्डलमा जिम्मवार मन्त्री बनाउने काम गरेका थिए । त्यसैले यदि आलम अपराधी हुन् भने आफ्टर द एक्ट बचाउने जघन्य अपराध प्रचण्ड र माधव नेपालले गरेका छन् । उनीहरु पनि यो आरोपबाट उम्कने अवस्था छैन ।
आलमले यति जघन्य अपराध गर्दा पनि कारबाही नगर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उत्तिकै दोषी छन् । त्यसैले यो घटनामा बिना पूर्वाग्रह अनुसन्धान हुँदा ठूला राजनीतिज्ञ समेत तानिने अवस्था देखिन्छ । सायद यही जानेर हुन सक्छ ओलीले आलम प्रकरण ब्युँताएका हुन् । यसबाट एक तीर दो निशाना हुने बुझाई ओली पक्षको हुन सक्छ ।
आलम र प्रचण्ड-नेपाल दुबैलाई एउटै तिरको शिकार बनाउने योजनामा पनि यो घटना व्यूँताइएको हुनसक्ने अनुमान गर्नेलाई सहज भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार