शैक्षिक पूर्वाधार विकासमा अम होंङ गिल फाउण्डेशन नेपालमा क्रियाशिल
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार २२:५३:५२
७ कार्तिक, काठमाडौं । नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले आफ्नो स्थापनाको एक दशक पार गरेको छ । सो अवधिमा फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको जीर्ण संरचनाको पुनःनिर्माण तथा शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
फाउण्डेशनले शैक्षिक पूर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सफा, सुरक्षित, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र बालमैत्री विद्यालय भवन निर्माण, आधुनिक पुस्तकालय तथा प्रयोगशाला, खानेपानी तथा आधुनिक शौचालय निर्माणमा नेपाल सरकारसँगको समन्वयमा गतिविधि सञ्चालन गर्दै आएको छ ।
फाउण्डेशनले नेपालका विभिन्न १२ जिल्लाका १५ सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेको छ । एउटा विद्यालयको भवन निर्माणाधीन चरणमा रहेको छ भने अर्को एक निर्माणको तयारीमा छ । विद्यालय पूर्वाधार निर्माणमा मात्र फाउण्डेशनले अरबौँ खर्च गरिसकेको छ । फाउण्डेशनले सोलुखुम्बुको पाङ्बोचे आधारभूत विद्यालय र बुद्ध माध्यमिक विद्यालय, धादिङको बिन्दुकेशर आधारभूत विद्यालय र कल्लेरी माध्यमिक विद्यालय, रुपन्देहीको सिद्धार्थ गौतम बुद्ध आधारभूत विद्यालय र सुन्डी माध्यामिक विद्यालय, कास्कीको बीरेठाँटी माध्यामिक विद्यालय, धनुषाको काली जनज्योति राष्ट्रिय आधारभूत विद्यालय र म्याग्दीको सर्वोदय माध्यामिक विद्यालयलाई बालमैत्री पक्की भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
यसैगरी बर्दियाको मुक्तकमैया आधारमूत विद्यालय, ताप्लेजुङको मायाम माध्यमिक विद्यालय, गोरखाको भगवती आधारभूत विद्यालय, काभ्रेको आजाद माध्यमिक विद्यालय र रोल्पाको जनकल्याण माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । यसबाट प्रतिवर्ष झण्डै सात हजार विद्यार्थी लाभान्वित हुने बताइएको छ ।
विद्यालय पूर्वाधारका अलवा फाउण्डेशनले शिक्षक तथा शैक्षिक सामग्रीमा समेत सहयोग पु¥याउँदै आएको छ । फाउण्डेशनले कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्ससँगको सहकार्यमा कास्कीको बिरेठाँटी माध्यामिक विद्यालयमा नेपालको सामुदायिक विद्यालयमध्ये पहिलो ‘स्मार्ट कम्प्युटर’ कक्षा सञ्चालनमा ल्याएको छ ।
शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिरहेका पाँच विद्यालयमा १३ शिक्षकको तलब फाउण्डेशनले उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले निर्माण गरेका विद्यालयका विद्यार्थी तथा शिक्षकलाई शैक्षिक अनुभव आदानप्रदानका लागि कोरियामा शैक्षिक अवलोकन भ्रमण पनि गराउँदै आएको छ । हालसम्म विभिन्न विद्यालयका नौ विद्यार्थीले कोरिया भ्रमण गरिसकेका छन् ।
फाउण्डेशनले ‘हिमालय छात्रवृत्ति’को व्यवस्था गरेर हिमाल आरोहणका क्रममा मृत्यु भएका ओराहीका सन्ततिको उज्जवल शैक्षिक भविष्य निर्माण गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म ३२ बालबालिकाले हिमालय छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
त्यस्तै हिमाली क्षेत्रका जनताको स्वास्थमा सुधार ल्याउन विभिन्न परियोजना सञ्चालनमा ल्याएको छ । खुम्बु क्षेत्रका जनताको स्वास्थ्य समस्या निवारण गर्न सोलुखुम्बुको नाम्चेमा रहेको ‘द माउन्टेन मेडिकल इन्टिच्युट’को आधुनिक भवन निर्माणका साथै आवश्यक स्वास्थ्य उपकरणसमेत सहयोग गरेको छ । हिमाली क्षेत्रमा रहेको प्राचीन गुम्बाको पुनःनिर्माणमा पनि सहयोग गर्दै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तर मिहेनती अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा तथा भैँसीसमेत वितरण गरेको छ । उक्त कार्यक्रमअन्तर्गत छ विद्यालयका २८९ अभिभावक लाभान्वित भएका छन् । ‘गोरखा भूकम्प’ पछि गोरखा, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रु एक करोड ५३ लाख बराबरको राहत सामग्री वितरण गरेको थियो ।
शैक्षिक गुणस्तर अभिवृद्धि अबको दशक
स्थापनाको एक दशक पूर्वाधार पुनः निर्माणमा केन्द्रित भएको फाउण्डेशनले अब नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा भूमिका खेल्ने जनाएको छ । स्थापनाको एक दशक पुगेको अवसर पारेर बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा फाउण्डेशनका कार्यक्रम व्यवस्थापक निलम थापाले विगतको सफलतालाई आत्मसात गर्दै आगामी दशक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित हुने बताए ।
“विगतका दश वर्षमा विद्यालयको भौतिक पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिइएको थियो”, उनले भने, “आगामी दशक पूर्वाधार विकासका साथै गुणस्तरीय शिक्षाका लागि समयसापेक्ष तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौँ, यसबाट नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन थप मद्दत पुग्ने आशा लिएका छौँ ।”
हिमाल र नेपाल छाड्न सकिनः- अम होंङ गिल
कार्यक्रममा निकै भावुक देखिएका फाउण्डेशनका कार्यकारी निर्देशक अम होंङ गिलले नेपाल र नेपालीको अगाध स्नेहका कारण आफूले हिमाल र नेपाल छाड्न नसकेको बताए । नेपालको बालबालिकाको आशा र भविष्यका लागि काम गरेकाले आफ्नो योजना तोकिएको समयमा पूरा भएको उनको भनाइ थियो । “नेपालका बालबालिकाको आँखामा खुशी देख्दा म निकै हर्षित हुन्छु”, अमले भने, “यसलाई मैले कर्मका रुपमा लिएको छु ।”
फाउण्डेशनका अध्यक्ष लि जे हूले ५० वर्षअघि दक्षिण कोरिया पनि अहिलेको नेपाल जस्तै अवस्थामा रहेको स्मरण गर्दै शिक्षाको विकाससँगै कोरियाली समृद्धि सम्भव भएको बताए । उनले शिक्षा विकासको आधार भएकाले नेपालको समृद्धिका लागि शिक्षा क्षेत्रमा फाउण्डेशनले लगानी गरेको बताए ।
पूर्वशिक्षामन्त्री एवं संस्थाका सल्लाहकार गङ्गालाल तुलाधरले नेपालको शैक्षिक गुणस्तर सुधारमा फाउण्डेशनले ठूलो सहयोग गरेको भन्दै सरह्राना गरे । विश्वभर नेपाल र नेपालीलाई माया गर्ने मान्छे रहेको भन्दै उनले त्यस्ता व्यक्तित्वलाई नेपाल सरकारले चिन्न नसकेकोप्रति गुनासो गरे ।
सुन्डी माध्यमिक विद्यालय रुपन्देहीका प्रधानाध्यापक सतिष त्रिपाठीले फाउण्डेशनको सहयोगबाट आफ्नो विद्यालयले जिल्लामै उत्कृष्ठ शैक्षिक गुणस्तर कायम गरेको बताए । कास्कीको बिरेठाँटी माध्यामिक विद्यालयका विद्यार्थी विशाल चपाइँले नेपाल र कोरियाको शैक्षिक सिकाइ अनुभव आदानप्रदानले विद्यार्थीमा थप निखार ल्याएको बताउनुभयो । सन् १९६० मा दक्षिण कोरियाको ख्योङ्साङ्नाम प्रान्तमा अमको जन्म भएको थियो । नेपाललाई ‘दोस्रो मातृभूमि’ मान्ने उनी विगत तीन दशकदेखि नेपाल र नेपाली जनताको हितका लागि अनवरत खटिरहेका छन् ।
विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धनमा उनले विशेष योगदान पु¥याउँदै आएका छन् । अम नेपाल भ्रमण वर्ष सन् २०११ को पर्यटन दूत थिए । नेपाल सरकारले भ्रमण वर्ष २०२० का लागि फेरि पनि उनलाई पर्यटन दूतका रुपमा नियुक्त गरेको छ ।
नेपाल र दक्षिण कोरियाको राष्ट्रिय तथा जनस्तरको सम्बन्ध विकासमा पनि उनको उल्लेखनीय योगदान रहेको छ । उनले विश्वका आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहण गरेर कीर्तिमान राखेका छन् । उनले २८ वर्षको उमेरमा पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । सन् १९८८ मा सरमाथाको सफल आरोहणसँगै अमले विश्वकीर्तिमानको यात्रा थालनी गरेका थिए ।
उनले विभिन्न चरण गरेर तीन पटक सर्वोच्च शिखरमा पाइला राखिसकेका छन् । हिमाल आरोहणका क्रममा त्यहाँका जनताबाट पाएको स्नेहलाई अझ सबैमाझ बाँड्न उनले सन् २००८ मा अम होंङ गिल ह्युमन फाउण्डेशनको स्थापना गरे । त्यसयता उनी फाउण्डेशनको कार्यकारी निर्देशकका रुपमा सक्रिय थिए । अशोक घिमिरेको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार