उम्मेदवार टुङ्गो लगाउने अन्तिम कसरतमा कांग्रेस
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार २३:१५:५१
७ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ ।
उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि कांग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो । पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्गो लगाउन र उपनिर्वाचनको तयारी बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
उपनिर्वाचनको तयारीमा दलहरु
त्यस्तै सङ्खुवासभामा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवार छान्न थालेका छन् ।
मकालु गाउँपालिकाको अध्यक्ष पद तथा खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पद रिक्त छ । मकालुका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ माघ २९ गते दुर्घटनामा परी निधन भएको थियो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते हृदयघातबाट निधन भएको थियो । अहिले मकालु गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष चमेली राईले तथा खाँदबारी–३ को वडाध्यक्षको कार्यभार ज्येष्ठ सदस्य देवराज घिमिरेले सम्हालिरहेकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि खाँदबारी–३ को वडाध्यक्षमा वडा कमिटीको बैठकले मङ्गलबार सर्वसम्मत भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले जानकारी दिए । नौ जनाको नाम आएपनि घिमिरेको नाममा सहमति जुटेको उनले बताए । समितिले घिमिरेको नाम नगर हुँदै जिल्लामा पठाउने भएको छ ।
नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । नाम टुङ्गो लगाउन छलफल भइरहेको पार्टीका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले जानकारी दिए । वडाध्यक्षमा यसअघि तत्कालीन नेकपा एमालेले जितेको थियो । मुख्यतया यहाँ नेकपा र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । कांग्रेसबाट बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ, बालकुमार घिमिरेलगायतको चर्चा छ । वडा नं ३ मा एक हजार ८२२ मतदाता छन् ।
मकालुको अध्यक्षमा तत्कालीन नेकपा एमालेका कटुवालले कांग्रेसका राईबहादुर राईलाई हराएका थिए । मकालुमा नेकपा र कांग्रेसलाई अध्यक्षको उम्मेदवार छान्न सकस भएको छ । नेकपाले अध्यक्षको नाम कात्तिक १५ गतेको जिल्ला कमिटीको बैठकमा टुङ्गो लगाउने नेकपाका पार्टी सचिव कृष्ण जिमीले जानकारी दिए ।
दलहरूले कार्यकर्ता भेटघाट र घरदैलो अभियान गर्न थालेका छन् । मकालुमा पनि नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मकालुमा नौ हजार एक मतदाता छन् । नेकपाबाट तेजबहादुर पोख्रेल, भरत कटुवाल, ताराकुमार गुरुङ, भीम राईलगायतको चर्चा छ भने काङ्ग्रेसबाट रामबहादुर राई, राईमान राई, काजीमान गुरुङ, देउमान राई, विमल पराजुलीलगायतको चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार