प्रधानमन्त्री ओली बाकुमा : नाम सम्मेलनमा सम्बोधन गरेपछि भोटघाट र रात्रिभोजमा व्यस्त
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार १४:२०:२०
८ कात्तिक, बाकु, अजरबैजान । प्रधानमन्त्री खड्गप्रसाद ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन हिजो अबेर राति बाकु आइपुगेका छन् । आजदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका हुन् ।
बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेश मन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरे ।
सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली यसअघि नै यहाँ आइपुगेका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार ‘नाम’ शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।
शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सरिक हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलन अघि कात्तिक ६ र ७ गते भएको मन्त्रीस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवम् समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ । विशेष संवाददाता मनोज कार्कीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार