आलमलाई अदालतमा पेस गरिदैछ, विरोधमा आज रौतहटमा प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार १५:२४:३६
८ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टि नेतृत्वको नेकपा सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुुद्धामा फसाउन खोजेको भन्दै निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउ विरुद्धमा आज नेपाली कांग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गर्ने तयारी गरेका छन् ।
कांग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने भएका हुन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार अहिले बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिने र ५० हजार भन्दा धेरै अफ्तावका समर्थकहरू सामेल हुने कांग्रेसका एक जिल्ला सदस्यले नेपालबहस डटकमलाई जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरिएकाे छ ।
तर, जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको जानकारी दिएका छन् । अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट दुईपटक म्याद थप भइसकेकोमा पछिलो पटक थपेको म्याद सकेर आलमलाई भोली आज फेरि अदालतमा पेस गरिदैछ ।
आलमकाे समर्थनमा हुन लागेकाे विराेध प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले व्यापक उपस्थिति जनाएकाे छ भने बिहानदेखि नै गाैर आसपासका क्षेत्रलाइ उच्च निगरानीमा राखिएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
महरालाई पुन ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धानका लागि पुनः म्याद थपको माग गरेपछि हिजो बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन र त्यसपछि ५ दिनको म्याद दिएको थियो । उनी १८ दिनदेखि प्रहरी थुनामा छन् । पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ। महराको दसैं हिरासतमै बितेको थियो भने अब तिहार पनि हिरासतमै रहने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार