म माथि राजनीतिक प्रतिशोध भयाे : आलम
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार २२:३९:१
८ कार्तिक, काठमाडौं । इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेकाे आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई अनुसन्धानका लागि तेस्रो पटक ८ दिनको म्याद थप भएको छ ।
रौतहट जिल्ला अदालतले आज सो आदेश दिएको हो । जिल्ला न्यायाधीश केशव पाण्डेको इजलाशले आज उक्त आदेश दिएको हो । प्रहरीले १० दिनको म्याद थप गर्न माग गरेपनि अदालतले आठ दिन मात्र दिएको छ । आलमलाई प्रहरीले तेस्रो पटक म्याद थपेको हो । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।
आलम समर्थकको मौन जुलुस
विगत १२ दिनदेखि प्रहरी हिरासतमा रहेका सांसद आलमको घटनामाथि निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार आलम समर्थक युवाहरुले रौतहटमा मौन जुलुस निकालेका छन् ।
चुनावताका बम बनाउने क्रममा विस्फोट भएर घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा आलममाथि अनुसन्धान भइरहेकै बेला युवाहरुले मौन जुलस निकालेका हुन् । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । गौरको बीपी चोकदेखि जिल्ला अदालत र त्यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो । जुलुसमा आलमको गृहनगर राजपुरका बासिन्दाको बढी सहभागिता रहेको प्रहरीले जनाएको छ ।
ममाथि प्रतिशोधको राजनीति भयो
बम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप संसद आलमले स्वीकार गरेका छैनन् । प्रहरीले पटक पटक म्याद थपे पनि आलमले बयान दिन नै इन्कार गरिरहेका छन् । पक्राउ परेका सांसद मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको हुँदा यसघटना बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भनेका छन्, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’ १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोप उनलाई लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार