पूर्वप्रहरी महानिरीक्षक सिंहको पार्थिव शरिरमा निरन्जनले दिए दागवत्ती
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार २२:५९:२२
८ कार्तिक, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ । काठमाडौं महाराजगंज निवासी सिंहको हयाम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व. सिंहको आज बिहान पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार भएको छ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. सिंहका परिवारजन एवं आफन्तजनले समेत स्व. सिंहको पार्थिव शरिरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिएका थिए । बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४ फागुन १ गते जन्मिनु भएका स्व. सिंहका २ छोरा र २ छोरी छन् ।
पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार