साँच्ची ! कालु दाई !! तिमी अब आउदैनौ ?
कुसुम सेञ्चुरी
कात्तिक ११, २०७६ मंगलबार ०:८:२२
तिहार विशेष :- एउटा बेपत्ता नागरिकको सत्यकथा
♦ कुसुम विश्वकर्मा
फेरि आँगनमा काग कराउन थाले । भुस्याँहा कुकुर पनि इज्जतिलो तरिकाले गाउँघर डुल्न थाले । आँगनभरि रङ्गीबिरङ्गी सिन्कामारी सुक्न थाले । सबैका घरमा चिल्ला रोटी पाक्न थाले । जताततै घरहरु झिलीमिली हुन थाल्यो, कारण तिहार आयो ।।
हरेक बर्ष तिहार आउँछ । सबैका घर झिलीमिली हुन्छन् । सानीको घर सधैं अँध्यारो । उज्यालो मन भएका सानी अनि सानीकी आमा जानु र बहिनी पुजाको मन हाँस्दैनन् तिहार परेको महिनाभरि । सबैका घरमा रोटी पाक्दा ठूलीको परिवारको मन पाक्छ । उनीहरुको लागि १६ बर्षअघि नै तिहार भन्ने पर्वले बिट मारेको छ ।
आमा जानुले माइतीको दैलो नटेकेको ठ्याक्कै १६ बर्ष भयो । मामा हरेक बर्ष निधार थाप्न आउँछन् तर छोरीहरुको निधार खाली राखेर जानुले कहिल्यै आफ्नो निधार रङ्गाइनन् । सानी र पुजाको निधार खाली भएको पनि त्यति नै बर्ष भयो । कान्छी पुजा सानै थिई, उसले कालु दाईको अनुहार सम्झिनै सक्दिन । दूधे बालक !! कालु दाईको यादले तिहारमा त्यति सताउँदैन । त्यसैले उ कालु दाईको बाटो हेर्दिन तर सानी चैं कालु दाईलाई सम्झिरहन्छे ।
‘भाग्यमा दाईको माया लेखेको रै’नछ, भो टीका नलगाउने ।’ हरेक बर्षजस्तै यो पटक पनि सानी आमालाई यस्तै जवाफ फर्काइ । उ निधार खाली राख्न सक्थी तर कालु दाईको स्थानमा अरु कसैलाई राखेर पुज्न सक्दैनथी ।
तिहारसँगै सुरु हुने सानीको मौनता देखेर जानु निक्कै आतिन्छे । कैयौं पटकजस्तै यो पटक पनि सानीलाई सम्झाउँदै आमा जानुले भनी, ‘अब कालु आउँदैन । काइला बाको छोरासँग टीका लगा या धर्मे भाई बना तर चाडपर्वको बेला कालो अन्वार नगरा ।’
आमाको कुराले उसलाई छुदैन किनकि सानी कालु दाईलाई भुल्न सक्दिनँ । उ अझै पनि कालु दाईसँगका धेरै कुरा मनमा खेलाउँछे अनि कहिले खुशी हुन्छे त कहिले रुन्छे । बर्दिया राष्ट्रिय निकुञ्जमा दाईसँग घाँस दाउरा खर काटेका पल सम्झिदाँ उ खुशीले एक्लै हाँस्छे । दाई बहिनीको त्यो मित्रता गाउँ टोलभरि उदाहरणीय थियो । काखमै खेल्ने उमेरकी पुजालाई कालु दाईको मायाले छुन सकेन ।
त्यसैले पनि पूजा त्यति चिन्तित हुँदैनथी तिहारमा । ‘भाग्यमा दाईको माया लेखेको रै’नछ, भो टीका नलगाउने ।’ हरेक बर्षजस्तै यो पटक पनि सानी आमालाई यस्तै जवाफ फर्काइ । उ निधार खाली राख्न सक्थी तर कालु दाईको स्थानमा अरु कसैलाई राखेर पुज्न सक्दैनथी ।
बर्दिया जिल्लाको विकट गाउँ तर सामान्य खेती किसानी परिवार हो सानीको । एउटा दाजु पछाडि दुई बहिनी हुन् सानी र पूजा । बाबु जुनमान जनयुद्ध सुरु हुँदै शहिद भए । जनयुद्ध सुरुवातको बर्ष खेती किसानी छाडेर तीन सन्तानलाई जानुको जिम्मा लगाएर पूर्णकालीन सदस्य भएका जुनमान रोल्पाको होलेरी आक्रमणमा मारिए । पार्टीले शहिद घोषणा ग¥यो, तत्कालीन राज्यसत्ताले आतंककारी । जे भए पनि तीन सन्तान टुहुरा भए, जानु बिधवा भई, सिउँदो उजाडियो । साहारा गुम्यो ।
कल्पनामै रुने बानी परिसक्यो सानीकोे । आमा जानु आँसु लुकाउन कैयौं पटक कुना बसेकी छन् तर रोएर थाकेका आँखाबाट आँसु पुछिएता पनि मनबाट छुट्ने हिक्क–हिक्कको आवाज सानीले सुनेकी छे ।
श्रीमानको मृत्यु पछाडि निक्कै गलेकी जानु कालुको अनुहारमा जुनमानलाई पाउँथी र जीउने साहारा कालुलाई नै सोच्थी । सानी पनि कालुलाई बा कै रुपमा आदर गर्थी । पार्टीले महान भनेको जनयुद्धमा बन्दुक बोकेर घरबाट निस्केका जुनमान कहिल्यै नफर्किने गरि गएपछि उनकै सपना साकार पार्न कालु दाईलाई कैयौं पटक अफर आयो ।
जिल्लामा नाम कहलिएका नेता कार्यकर्ता सेल्टरको रुपमा बास बस्न घरमा आउँदा अनेकथरि सपना कालु र सानीलाई सुनाउँथे । तर जानु अब अरु गुमाउन नसक्ने भन्दै रोक्थी । आँखामा श्रीमानको मृत्यु ..।।
कालु दाई हुँदै पनि सानीले तिहारमा दाईको निधार रङ्गाउन पाइन । कहिले धार्मिक रितिरिवाजले रोकिन्थ्यो त कहिले जनयोद्धाको परिवारमा चाडपर्व निषेधको राजनीतिले रोकिन्थ्यो । तर पनि सानी खुशी थिई । कारण चिल्ला रोटी र रङ्गीबिरङ्गी सिन्कामारी फिनी अनि सेलमै रमाउने उमेर थियो । सानी आज पनि सम्झिन्छे, बा शहिद भएपछि दोस्रो बर्ष उसका घरमा पनि रङ्गीबिरङ्गी रोटी पाकेका थिए । त्यसपछि यो २०७६ सालसम्म आउदा आजसम्म पनि पाकेको छैन ।
फ्रेमको सिसामा तप्प आँसु चुहियो । दाहिने हातले लपक्क आँसु पुछेर शीरमा पुछ्दै फ्रेम भित्तामा झुन्डाइदिई । दिज्जु किन रो..को ?’ ढोकैमा उभिएकी पुजाले एक्कासी प्रश्न सोध्दा सानी झस्किई । ऊ सम्हालिदै भनी, ‘कालु दाईको याद आयो ।
कल्पनामै रुने बानी परिसक्यो सानीकोे । आमा जानु आँसु लुकाउन कैयौं पटक कुना बसेकी छन् तर रोएर थाकेका आँखाबाट आँसु पुछिएता पनि मनबाट छुट्ने हिक्क–हिक्कको आवाज सानीले सुनेकी छे ।
तीज दशैं पनि आउँछन् यो समाजमा । तीजमा नाच हेर्दा रमाउने तीन जना दशैंमा निधारभरि टीका लगाएर हाँस्ने तीन जना तिहारमा खुल्न सक्दैनन् । सधैं हँसिली सानी तिहारको महिना आफैबाट गल्छे, एकोहोरिन्छे । आज पनि कोठाको भित्तामा टाँगिएको ठूलो फ्रेमभित्र सजिएको कालुको फोटो निकालेर काखमा राख्दै सानीले सुस्त भनी, ‘साँच्ची कालु दाई, तिमी अब आउदैनौ त ?’
फ्रेमको सिसामा तप्प आँसु चुहियो । दाहिने हातले लपक्क आँसु पुछेर शीरमा पुछ्दै फ्रेम भित्तामा झुन्डाइदिई । दिज्जु किन रो..को ?’ ढोकैमा उभिएकी पुजाले एक्कासी प्रश्न सोध्दा सानी झस्किई । ऊ सम्हालिदै भनी, ‘कालु दाईको याद आयो ।
कालु दाईको पनि आफ्नै कथा छन् । होलेरी आक्रमणमा बाउ मारिएपछि कालु दाई घरको अभिभावकजस्तै भएका थिए । बाबुको मृत्यु पछाडि जुनमानको परिवार अब कालुकै भरमा थियो । दश कक्षा पास गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढ्दै गरेकोे जेहेन्दार विद्यार्थीमा गनिन्थ्यो कालु । सबैका आँखाको नानी थियो कालु ।
देशमा जनयुद्ध सुरु हुँदा जुनमान मारियो । संकटकाल लाग्दा कालु बेपत्ता पारियो ।कुटाइको अवस्था हेर्दा मारेर जंगलमा फाले होलान् भन्ने अड्कल सबैले काटे । गाउँलेको सहयोगमा वरपरका सबै बर्दियाका वनजंगलमा कालुलाई खोजियो । न लास भेटियो न सास । महिनौं बित्यो तर कालु भेटिएन । आफन्तको सहयोगमा उजुरी प¥यो, बेपत्ताको सूचीमा कालु प¥यो तर कालु भेटिएन ।
दशैं सकिएर तिहार आउनै लाग्दाको समय । त्यो रात । पूर्णिमा । टह–टह जून लागेको रात । अलि पर निकुञ्ज नजिकै बारीमा छपक्कै सेना देखिए । मध्यरातमा पिसाब गर्न निस्केकी जानुले सबैभन्दा पहिले देखी । आफ्ना तीनै जना सन्तानलाई उठाउन नपाउँदै सेनाले ढोका फोड्यो अनि भित्र घुसेर कालुलाई पाता कस्यो । हात पछाडि बाँधेर कुट्नसम्म कुट्यो ।
सबैभन्दा धेरै सानी रोई । पूजा एक मुक्का खादैमा बेहोस भएर ढली । जानुलाई पल्लो कोठामा थुनिदिए । बाहिर आँगनमा ल्याएर अचेत हुँदासम्म कुटे । जब म¥यो भन्ने अवस्था आयो अनि कालुलाई तीन जनाले उठाएर लगे । बिहान गाउँलेको सहयोगमा सानीको होस आयो, जानुको ढोका खुल्यो ।
यहि समयदेखि कालु बेपत्ता भयो । देशमा जनयुद्ध सुरु हुँदा जुनमान मारियो । संकटकाल लाग्दा कालु बेपत्ता पारियो ।कुटाइको अवस्था हेर्दा मारेर जंगलमा फाले होलान् भन्ने अड्कल सबैले काटे । गाउँलेको सहयोगमा वरपरका सबै बर्दियाका वनजंगलमा कालुलाई खोजियो । न लास भेटियो न सास । महिनौं बित्यो तर कालु भेटिएन । आफन्तको सहयोगमा उजुरी प¥यो, बेपत्ताको सूचीमा कालु प¥यो तर कालु भेटिएन ।
कालु दाई बेपत्ता भएपछि सानीको तिहार पनि आएन । यो बर्ष पनि सयौं पटक टाढा टाढा देखिने पहाडको मुन्तिरबाट डाँडो काट्ने गोरेटो चियाईरही– कतै टुप्लुक्क आइहाल्छन् कि कालु दाई भनेर उ हेरिरहेकी छे !!
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार