भेनेजुयलाका राष्ट्रपति मदुरो र प्रम ओलीबीच भेट
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शनिबार ४:२:४४
८ कार्तिक, बाकु । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलन(नाम) को जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो । तर के र कुन विषयमा चर्चा भयो भन्ने कुरा खुलाइएको छैन ।
भारतीय उपराष्ट्रपति र प्रम ओलीबीच भेट
शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भएको छ ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरेका थिए । नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङ्डुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।
प्रम ओली रात्रिभोजमा सरीक
प्रधानमन्त्री जारी १८औँ शिखर सम्मेलनका सहभागीहरुको सम्मानमा आयोजित रात्रिभोजमा आज सरीक भएका छन् । अजरबैजानका राष्ट्रपति इलहाम एलिएभले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा सो भोज आयोजना गरेका हुन् । सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङ्डुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार