खुल्दैछ सेना भित्रको भ्रष्टाचार, उपरथी सिग्देल नेतृत्वलाई छानविनको पूर्ण अधिकार
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १३:४८:२८
१५ कार्तिक, काठमाडौं । नेपाली सेनाले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगी अड्डाले त्यस्तो छानबिन गर्न निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएको छ।
जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भए/नभएको यकिन गर्न निरीक्षणाधिकृतको अध्यक्षतामा निगरानी सेल गठन गरेको हो । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले निगरानी संयन्त्रले काम गर्न थालिसकेको बताए। ‘आकस्मिक खटिएको टोलीले सेनाका विभिन्न निकायमा विनियोजित रकमको उचित खर्च भए/नभएको यकिन गर्नेछ,’
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेललाई सेनाका जुनसुकै निकायमा आकस्मिक छानबिन गर्ने पूर्ण अधिकार दिएका छन्। निरीक्षणाधिकृत कार्यालय प्रमुखको जिम्मवारी उपरथी अशोक सिग्देलले पाएका छन्। उपरथी सिग्देलले विभिन्न फरकफरक टोली बनाई शंकास्पद सैनिक अड्डामाथि छानबिन थालेका छन्। फरकफरक टोलीले सम्बन्धित अड्डामा जानकारी नदिई आकस्मिक ढंगले छानबिन गर्नेछ।
सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डा छानबिनमा तानिएका छन् । आकस्मिक सेलले ती सैनिक अड्डामा गत आर्थिक वर्षमा भएका खर्च विवरणको समेत छानबिन गर्नेछ। सेलले चालू वर्षमा ती सैनिक अड्डामा भइरहेका खर्च विवरणसमेत छानबिन गरिरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
जंगीअड्डाले प्रधानसेनापति कमान्ड मार्गनिर्देशन—२०७५ मा उल्लेख भएबमोजिम आकस्मिक छानबिन गर्न निगरानी सेल गठन गरेको हो। सेलले आन्तरिक निरीक्षण तथा अनुगमन गर्नेछ।
प्रधानसेनापति थापाले शंकास्पद सैनिक अड्डाको आर्थिक कारोबार छानबिन गर्न निर्देशन दिएको सैनिक स्रोतले बतायो। सोही निर्देशनअनुसार निगरानी सेलले सैनिक अस्पताललगायतका केही कार्यालयमा आकस्मिक छानबिन गरिसकेको छ। अन्य शंकास्पद अड्डामा क्रमशः छानबिन हुनेछ।
प्रधानसेनापति थापाले भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सोहीबमोजिम नेपाली सेनाका विभिन्न कार्यालय, महानिर्र्देशनालय, निर्देशनालयलगायतका सैनिक अड्डामाथि छानबिन सुरु भएको हो।
सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेको छ। प्रधानसेनापति थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने
भदौ २८, २०८१ शुक्रबार
उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
भदौ २७, २०८१ बिहिबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार