आईएनजीओको मध्यस्ततामा नेपाल भारत सुरक्षा निकायको बैठक !
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १७:४०:२३
१५ कार्तिक, कञ्चनपुर । नेपाल–भारत सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणका लागि युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले एक कार्यक्रम गरेको छ ।
नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् ।
एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताए ।
बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार