पाँच वटा ‘ए’ डिभिजनका क्लबसहित अन्तर्राष्ट्रिय गोल्डकप भोलीबाट सुरु
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १७:५०:१७
१५ कार्तिक, कनकाई । झापाको डोमलाल राजवंशी रङ्गशालामा भोलीदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ ।
‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ ।
यही कार्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठ वटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लोपटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् ।
प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय टोली सिक्किम आक्रामक र सङ्कटा क्लब मोलवे आसामको सहभागिता रहने बताइएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।
असोज दोस्रो सातादेखि प्रतियोगिता शुरु हुने तयारी गरिए पनि मौसमको प्रतिकूलताका कारण खेल स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल सङ्घ(एन्फा) सँग कार्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कार्तिक १६ को मिति तय भएको बताइएको छ । एन्फासँग भएको सहमतिसँगै कार्तिक २५ गते फाइनल खेल हुने गरी प्रतियोगिता हुन लागेको छ ।
प्रतियोगिताका लागि लगभग पाँच हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए । दश हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइएको छ । खेल संयोजक राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ‘ब्रान्ड एम्बेसेडर’ बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही रु १५ हजार नगद पुरस्कार पाउनेछन् ।
गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र विर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन्। प्रतियोगिताको विजेताले नगद रु १२ लाख ५० हजार पुरस्कार र उपविजेताले रु ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार