उपत्यकामा नै लुटिए सांसद गौतम
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १८:१३:१०
१५ कार्तिक, काठमाडौं । हिजो दिउँसो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमको डेरामा लुटपाट भएको र आफ्नो डेरामा भएको सरसामान चोरी भएको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि सांसद जस्तो मानिस त चोर र लुटेराबाट बँच्न सकेन भने आम सर्वसाधारण कुनै पनि बेला लुटिनसक्ने भनी सामाजिक संजालमा आक्रोश व्यक्त भइरहेका छन् । कतिपयले गृहमन्त्रालय र यस मातहत रहेको नेपाल प्रहरी तर्फ इङिगत गर्दै विभिन्न प्रश्नहरु गरिरहेका छन् ।
गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको छ । काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले जानकारी दिएका छन् ।
सांसद गौतमका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र) चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।
सांसद गौतमको घर चोरी भएपछि बिहीबारै महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । बृत्तका प्रमुख डिएसपी दुर्गाराज गौतमले घटनाबारे प्रहरीले आवाश्यक अनुसन्धान थालिसकेको भन्दै चोर पत्ता लगाएरै छाड्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार