अष्ट्रेलियामा मानसिक रोगको समस्या भयावह, वार्षिक १० लाख मानिस उपचरको पहुँचभन्दा बाहिर
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार २०:८:८
१५ कार्तिक, काठमाडौं । गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ ।
यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि बर्सेनि यति ठूलो संख्याका अष्ट्रेलियालीले उपाचार नै नगराएको पाइएको हो । अनुसन्धान अधिकारीहरुका अनुसार अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् ।
उनीहरुमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्ता लगायतका समस्याहरुबाट पीडित रहेका छन् ।
यी विरामीहरुमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहूँचमा रहने गरेका छन् । उनीहरुलाई उपचारको पहूँच हुने गरेको बताइएको छ ।
अष्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा बृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहूँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।
अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।
यो खर्च महंगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार