छठको दोस्रो दिन निर्जल उपवास, नदी र तलाउ किनार सिङ्गारिँदै
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार २०:३२:२५
१५ कार्तिक, काठमाडौं । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।
यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।
छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।
यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । राजधानीका वाग्मती किनारस्थित गुह्येश्वरीबाट गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा विगत वर्षदेखि नै छठ मनाइन्थ्यो । यस वर्षदेखि नागपोखरीमा पनि छठ मनाउन लागिएको छ ।
छठ मनाइने स्थानमा घाट निर्माण भइरहेको छ । नदी र पोखरी क्षेत्रमा साजसज्जालगायत तयारी भइरहेको आयोजक समितिले जनाएको छ । गुह्येश्वरी क्षेत्रमा मात्रै लाखौँ भक्तजन छठ मनाउन आउने गर्छन् । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट बनाउन लागिएको गुह्येश्वरी छठ समितिका संयोजक रामबाबु महासेठले बताए ।
छठपर्वका लागि नदी किनार सिङ्गारिँदै
झापा लगायत देशभरीका नदी किनार एवं तालतलैयाहरु आज बिहानैदेखि सिंगारिन थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् ।
विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठपर्व मनाइने भएको छ ।
भद्रपुरस्थित मेची नदीमा छठपर्व भव्य र व्यवस्थित तरिकाले मनाउनका लागि समिति नै गठन गरिएको छ । भारतको पश्चिम बङ्गाल तथा बिहार गरी दुई राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठले जिल्लाका अन्यत्रभन्दा भिन्नै रौनक दिने गरेको छ ।
भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा मैथिली समाज र युनिक समूहले मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, स्वागत गेट, हेल्पडेस्क, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, सूर्य भगवान्को मुक्तिस्थल निर्माणलगायत काम गरिरहेका छन् । मेची नदीमा मात्र नेपाल र भारतका गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको मैथिली समाज समितिका अध्यक्ष रमेशचन्द्र झाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
पशुपति मन्दिर क्षेत्र वरिपरि गरिएको सोह्रश्राद्ध तस्बिरमा हेर्नुस
असोज २, २०८१ बुधबार
सुदुरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार