लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्दै
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार २१:८:५३
१५ कार्तिक, राँझा । बँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल रुपान्तरण गर्ने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा प्रदेश तथा केन्द्रीय सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
उनले १५ श्ययाको अस्पताल बनेपछि नरैनापुरवासी उपचारका लागि नेपालगञ्ज र भारतीय शहरमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । हाल लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ ।
अध्यक्ष शाहले नरैनापुरको विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रको विकासका लागि सङ्घीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन आग्रह गरिएको बताए ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले नरैनापुर गाउँपालिकामा अस्पताल निर्माण हुनु बघौडावासीका लागि खुशीको क्षण भएको बताउँदै यो कार्यलाई पूर्णता दिन आफूले प्रयत्न गरिरहेको बताए । प्
राथमिक स्वास्थ्य केन्द्रलाई भौतिक पूर्वाधार अभाव हुन नदिन सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । रु तीन करोड १९ लाखको लागतमा बनेको भवन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
भवन निर्माणका लागि विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार