प्रहरीलाई नै पक्राउ गर्न तरुण दल अध्यक्ष जीतजङ्गको माग
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार २१:२२:३९
१५ कार्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे घटनामा ध्यानाकर्षण भएकाे जनाएकाे छ । शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले नक्कली केश लगाएर पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हाे ।
लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बाँके प्रहरीले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ ।
तरुण दलले प्रहरीद्वारा आफैँले लगेको हतियार तरुण नेता सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भनी झुटो बहाना बनाई फसाउने र सामाजिक आतङ्क सिर्जना गर्ने नियतले पक्राउ गरिएको आरोप लगाएको छ ।
अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत पक्राउ गरिएका सबै नेता/कार्यकर्तालाई रिहाइ गर्न, निर्दोषलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने प्रहरीहरुलाई कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गरप्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार