छठ पर्व श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै
नेपालबहस संवाददाता
कात्तिक १६, २०७६ शनिबार १३:३३:३०
१६ कार्तिक, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।
यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।
यसैबीच जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।
गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा सुरु
भदौ ३०, २०८१ आइतबार
कुमारी पूजाको प्रचलन स्याङ्जामा पनि शुरु
भदौ २९, २०८१ शनिबार
अटवारी पर्वः दिदीबहिनीलाई कोसेली दिएर मनाउँदै थारू समुदाय
भदौ २४, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार