प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १६, २०७६ शनिबार १३:५८:४
१६ कार्तिक, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीका सुरक्षागार्ड (एडिसी) लाई नै जुवाखालबाट पक्राउ परेका छन् । काठमाडौंको सामाखुसीबाट ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडे शुक्रबार पक्राउ परेका हुन् ।
बिदामा बसेका दिन शाही जुवाखालबाट समातिएका हुन् । महानगरीय प्रहरी प्रभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् । रामेछापको सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा पनि जुवाखालबाट पक्राउ परेका छन् । शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ । यसअघि काठमाडौंको महाराजगञ्जबाट प्रहरीले २ करोड ६७ लाखसहित २५ जना धनाढ्य जुवाडेलाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार