हिउँदे अधिवेशनसँगै आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिने सरकारको तयारी
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १६:३३:२१
१७ कार्तिक, ताप्लेजुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए।
शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याएका छन् ।
परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उनको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ आएका अध्यक्ष तिमिल्सिना आज त्यसतर्फ जाने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार