डेपुटी गभर्नर श्रेष्ठमाथि अर्थमन्त्रीको वक्रदृष्टि
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १७:०:२
१७ कार्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको वक्रदृष्टी परेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्ने भएको छ ।
श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा. चिरञ्जीवी नेपालले आइतबार सञ्चालक समित बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री खतिवडा असन्तुष्ट थिए । अर्थमन्त्रीको सन्देश गभर्नर कार्यालयमा पुगेपछि नेपाली अर्थतन्त्रमा फरक तरंग पैदा भएको छ । स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ । त्यस्तै एनसेलकाे लाभांश लैजाने प्रक्रिया र सर्वाेच्चमा परेकाे मुद्दामा एनसेलसँग मिलेकाे, रकम फुकुवा गर्ने निर्णय आइनपुग्दै व्यापारी अजय पराजुली(सुमार्गी)लाई साथ दिएकाे लगायत छन् ।
राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलगायत श्रेष्ठको जिम्मामा छ भने अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले नियमनलगायत हेर्दै आएका छन् । जबकी डेपुटी गर्भनर श्रेष्ठको मातहत सम्पति शुद्धीकरण सम्बन्धि मामला हेर्ने वित्तिय जानकारी ईकाई पर्दैन । यो सिधै गर्भनर चिरञ्जीवी नेपालको मातहत छ । त्यस्तै एनसेलको लाभांश कर सम्बन्धि हेर्ने निकाय भनेको विदेशी विनिमय विभाग हो र यो अर्का डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले प्रत्यक्ष हेर्ने गर्छन । त्यसैले पनि उनी माथि सरकारले लगाएको भनिएको आरोप सरासर झुटो र काल्पनिक देखिन्छन् । ३ महिनापछि नयाँ गर्भनरको दौडबाट पछि पार्ने नियत मात्र यो षड्यन्त्रमा देखिन्छ ।
०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । सिवाकोटी भने नेकपा लाइनका हुन् । बर्खास्त गर्नका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार