न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १८:४९:१६
१७ कार्तिक, काठमाडौं । न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।
यसअघि गत शुक्रबार भएको पहिलो टी २० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए । निशामले चार छक्का प्रहार गरेका थिए ।
जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । चार विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १५५ रनमा सबै विकेट गुमाएको थियो । न्यूजील्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर तीन विकेट तथा टिम साउदी, लकी फर्गुसन र ईस सोढीले दुई दुई विकेट लिएका थिए । अन्तिम टी २० खेल आगामी मंगलबार नेल्सनमा खेलिने छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
आईसीसी विश्वकप लिगमा नेपाल र ओमान भिड्दै
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार