प्रधानमन्त्री ओली स्वास्थ्य जाँच गरी बालुवाटार फिर्ता
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १९:०:४७
१७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे मृगौलाले रगत सफा नगरेपछि आज तेस्रो पटक डाइलोसिस गर्न धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल पुगेका थिए । तर प्रारम्भिक स्वास्थ्य जाँचपछि उनको डाइलोसिस आज नहुने भएको छ ।
भर्खरै मात्र उनी ग्राण्डी अस्पतालबाट स्वास्थ्य परिक्षण सकेर बालुवाटर फर्किएका छन् । प्रधानमन्त्री ओलीले आज ११ बजेका लागि वालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद वैठक राखेका थिए ।
तर उनी एक्कासी अस्पतालतिर लागे । ग्राण्डी अस्पताल पुग्नुअघि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए । शिक्षण अस्पतालमा ओलीकाे रगत परीक्षण र एक्सरे गरिएको छ। बुधबार र बिहीबार मिर्गौला डायलासिस गरेका प्रधानमन्त्री ओलीले फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे बुझ्न आइतबार बिहान शिक्षण अस्पतालमा एक्सरे गरेका हुन्।
त्यसलगत्तै ग्राण्डी अस्पताल पुगेका ओलीको त्यहाँ भर्ना हुने अनुमान गरिएको थियो । आजै उनको डाइलोसिस गरी बेलुका डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको स्रोतको दावी छ ।
अब साताको तीन पटकसम्म नियमित रुपमा डाइलोसिस गर्नेपर्ने चिकित्सकको राय छ । त्यसैले सरकारी निवासमै यस्तो मेसिन फिट गर्ने तयारी भइरहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार