प्रधानमन्त्रीको धपेडीकाबीच मन्त्रीपरिषद बैठक सकियो
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २०:६:१०
१७ कार्तिक, काठमाडौं । प्रधानमन्त्रीको धपेडीकाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक डेढघण्टा बसेर सकिएको छ।
गत बुधबार प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौलाको डायलासिस गराएर फर्किएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघि आज नै प्रधानमन्त्री ओलीले टीचिङ अस्पताल महाराजगञ्जमा गएर फोक्सोको एक्सरे गरेका थिए।
आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक भएर काम गरेका थिए।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो। आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे पुरा जानकारी भने आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार