सुकुटे बस दुर्घटनामा १० जनाको निधन, चालकलाई पानीबाट झिकियो
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २०:३१:१२
१७ कार्तिक, काठमाडौं । दोलखाको मागेदेउरालीबाट काठमाडौंतर्फ आइरहेको बस चौतारा साँगाचोकगढी नगरपालिका-९ को सुकुटे नजिकै सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा अहिलेसम्म १० जनाको ज्यान गएको छ । बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।
दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको शैलुंगेश्वर यातायातकाे बस सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा परी हालसम्म १० जनाको मृत्यु भइसकेको र २६ जना घाइतेको उद्धार गरिएको छ ।
स्रोतका अनुसार दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए । अन्य मृतक र घाइतेको विवरण आउन बाँकी छ ।
बस खोलामा डुबेको छ । बसमा २६ जना सवार रहेको घाइतेले बताएका थिए । डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ । १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि ल्याइएको छ । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार