चेम्बरको सहकार्यमा व्यवसायिक प्रतिनिधि जापान जाने
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २२:४३:०
१७ कार्तिक, काठमाडौं । जापनको ओसाकामा नोभेम्बर ६ देखि १२ सम्म हुने १ हप्ते विपत व्यवस्थापन सम्बन्धी संरचना तथा ज्ञान हसिल गर्ने उद्देश्यले ओसाका युनिभर्सिटि जापनले आयोजना गरेको सम्मेलनमा चेम्बरको सहकार्यमा इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपाल (ईभा)का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्यिय प्रतिनिधी मण्डल ओसाकामा प्रस्थान गर्ने तयारीमा छ ।
स्मरणीय छ जापान भुकम्पीय जोखिम भएको मुलुक हो । तसर्थ नेपाल चेम्बर अफ कमर्स, ईभा र नेपाल इमरजेन्सी डिजाष्टर प्रिभेन्सर एजुकेशन एड जापान (नेपा)बीच २३ मार्च २०१८ मा आपतकालिन प्रकोप रोकथाम व्यवस्थापनको लागि मैत्रि सहयोग स्थापना गर्ने विषयमा त्रिपक्षिय सम्झौता भएको थियो ।
नेपालमा गएको भुकम्पका बेला ईभाले भुकम्प पछिको समयमा उल्लेखनिय कार्य गरेकोले आगामी दिनमा अग्रिम सुरक्षात्मक तथा भुकम्प पश्चात प्रतिरोधात्मक उपलब्ध गर्ने प्रविधिको ज्ञानको लागि जापानले एक हप्ते तालिम दिन लागेको हो ।
नेपाल चेम्बर अफ कमर्सका जापानस्थित व्यापारिक प्रतिनिधि दिनेश श्रेष्ठको पहलमा तय भएको तालिममा संघका अध्यक्ष अनिल शर्मा सहित सुरेश लाल श्रेष्ठ, शिवभक्त रंजित, तेविन्द्र रत्न शाक्य, भक्तराज श्रेष्ठ, उत्तम प्रकाश शर्मा, राजेश श्रेष्ठ, सर्वज्ञ मुनी तुलाधर, कृष्ण प्रसाद पाण्डे, द्धारिका प्याकुरेल र नानी बाबु थापा रहेका छन् ।
ओसाकामा हुने तालिमले अगामी दिनमा नेपालमा हुनसक्ने भुकम्प अघि सचेत र आइसकेपछि हुने समस्या न्युनिकरणका लागि नेपाल र जापानबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सको सहकार्यबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।
चेम्बर भवन जमलमा आज जापान जाने समूहलाई विदाई गर्दै चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले भुकम्प प्रतिरोधात्मक तालिमका लागि जापान पठाउन चेम्बरले भूमिका निर्वाह गर्न पाएकोमा आफू खुसि रहेको बताए । आगामी दिनमा यसैगरि अन्य व्यवसायी एंव उद्योगीहरुलाई विभिन्न शीपको लागि विभिन्न मुलुक सँग सहकार्य गर्ने कार्य भइरहेको जानकारी दिए । कार्यक्रममा प्रतिनिधी मण्डलका प्रमुख सिंहले नेपालमा हुन सक्ने भुकम्पको सुरक्षात्मक कार्य र प्रतिरोधात्मक उपायहरुका लागि ईभा सधै अग्रणी भूमिकामा रहने उल्लेख गर्दै चेम्बर अफ कमर्सलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार