अनुसन्धान अधिकृतहरुको एक दिवसिय छलफल तथा अन्तरक्रिया सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २३:६:२३
१७ कार्तिक, काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा उक्त प्रदेश अन्तर्गतका अनुसन्धान अधिकृतहरुको एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले प्रत्येक प्रहरी कार्यालयमा पीडितमैत्री वातावरण निर्माण गरी प्रहरीप्रति आमनागरिकमा विश्वास हुने व्यवहार प्रदर्शन गर्न निर्देशन दिए । सो अवसरमा उनले सहभागी प्रहरी अधिकृतहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्बोधन गरे ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरुका अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी अधिकृतहरुले अनुसन्धानका क्रममा देखा परेका चुनौती लगायतका विषयमा आ–आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरीको अनुसन्धान पद्धतीलाई थप प्रभावकारी एवम् प्रमाणमुखी बनाई अनुसन्धानका क्रममा आईपर्ने कानूनी जटिलतालाई सम्बोधन गर्न उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक राजेश कुमार लाल कर्ण, प्रहरी उपरीक्षक दिपक रेग्मी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायतका प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
प्रहरी सम्बन्धी थप समाचार :
ठगी गरेको अभियोगमा पक्राउ
लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै विश्वाासमा पारी लावस पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा नगद २४ लाख २० हजार रुपैयाँ लिई ठगी गरी लावस र भारतको दिल्लीसम्म पुर्यापई अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका(१२ सिग्रेनीमा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई थप आवश्यटक अनुसन्धान तथा कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
लागूऔषध जस्तो देखिने वस्तु सहित पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु करिब २ केजी ८ सय ५० ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९६७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मगरको साथमा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वनर नगरपालिका–४ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-२ बोम्लुङ घर भएका २४ वर्षीय ईन्द्रहाङ राईलाई गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई उनकै कोठामा विभिन्नि डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
करेन्ट लागेर मृत्यु
पकहामैनपुर गाउँपालिका–३ बस्ने ४८ वर्षीय मनोज साहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरी नजिक रहेको छठी घाटमा म्युजिक शिष्टम खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका साहको उपचारको लागि बीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार