आदर्श मा.वि. बन्यो ‘स्मार्ट स्कूल’
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २३:५४:८
१७ कार्तिक, फिक्कल । प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रूपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो ।
प्रतिनिधिसभा सदस्यको हरेक निर्वाचन क्षेत्रमा एक-एकवटा यस्ता विद्यालयलाई ‘स्मार्ट स्कूल’का रूपमा स्तरोन्नति गरिने कार्यक्रमअनुसार सो कार्य गरिएको हो । अब शिक्षकहरूलाई चक–डस्टरसहित मार्करले लेख्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
त्यस्तै विद्यार्थीले पनि स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्न पाउनाका साथै अत्याधुनिक सूचना–प्रविधिको अधिक्तम प्रयोग गर्न पाउने भएका छन् । सो विद्यालय सूचना प्रविधिमैत्री बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारले सहयोग गरेका थिए । उक्त मन्त्रालयले विद्यालयलाई रु ७० लाख बराबरका कम्प्युटर, स्मार्ट ह्वाइटबोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री तथा प्रदेश सरकारले करीब रु २० लाख बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायत सामग्री प्रदान गरेका थिए । यस किसिमको पढाइले आफूहरूलाई नौलो अनुभव हुनाका साथै पहिलाभन्दा अझ सहज भएको विद्यार्थी दीपेश तामाङले बताए ।
उपलब्धिमूलक कार्यक्रम भए पनि आफूहरूमा चुनौतीसमेत थपिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताइन् । उनका अनुसार विद्यालयमा भौतिक संरचनासहित घेराबारा नहुँदा समस्या भएको छ । कार्यक्रम थपिएकामा आफूहरू हर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्तासमेत बढेको अध्यक्ष निरौलाले बताइन् ।
विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले सूचना प्रविधमैत्री विद्यालय घोषणाले विद्यार्थीहरूलाई अझ दक्ष बनाउँछ तर विद्युत् र इन्टरनेट नियमित नहुँदा चुनौती थपिएको बताए । यस किसिमको पढाइले गरीब र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको छ । एकदेखि १२ कक्षासम्म सञ्चालित सो विद्यालयमा एक हजार ७६१ विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या पनि थपिँदै गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
भदौ २७, २०८१ बिहिबार
असोज ५ गते 'वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने
भदौ २६, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार