सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको तयारी शुरु
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ सोमबार ०:१४:१७
१७ कार्तिक, काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१४ देखि सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको एस्ट्रोनोमी ओलम्पियाडको सन् २०२० मा आयोजना हुने सातौँ संस्करणको तयारी शुरु गरेको छ ।
तयारीस्वरूप देशभरिबाट छनौट हुने पाँच जना विज्ञान शिक्षक कार्तिक १९ देखि २२ गतेसम्म भारतको मुम्बईमा अवस्थित होमी भाभा विज्ञान शिक्षा केन्द्रमा सञ्चालन हुने ‘एस्ट्रोनोमी ओलम्पियाड एक्स्पोजर क्याम्प’का लागि त्यसतर्फ प्रस्थान गरिसकेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
आजदेखि मङ्सिर ४ गतेसम्म कार्यक्रमको लोगोको आवेदनका लागि सार्वजनिक आह्वान गरिएको छ । ओलम्पियाड सन् २०१४ देखि नेपालमा सञ्चालित एक राष्ट्रियस्तरको प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक कार्यक्रम हो । सन् २०१४ देखि २०१८ सम्म कक्षा ११ र १२ का विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । सन् २०१९ देखि कक्षा ९ र १० का विद्यार्थीले पनि भाग लिने वातावरण सिर्जना गरिएको छ ।
तीन चरणमा सञ्चालन हुने ओलम्पियाडको पहिलो चरणका लागि नेपालका सातै प्रदेशमा कम्तीमा एउटा परीक्षा केन्द्र स्थापना गरिन्छ । त्यस्तै पहिलो चरणबाट छनौट भएका विद्यार्थीले दोस्रो चरण घरै बसीबसी सहभागी हुन सक्नेछन् । तेस्रो चरणका लागि छनौट भएमा काठमाडौं आउनुपर्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताए । काठमाडौंमा सञ्चालन हुने तेस्रो चरण (बन्द शिविर) मा सहभागी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी गराइन्छ ।
हालै रोमानियामा सम्पन्न २४औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले जुनियरतर्फ कास्य पदक प्राप्त गर्न सफल भएको थियो । सन् २०१६ र २०१७ मा सञ्चालित १०औँ र ११औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडमा ‘अनरेवल मेन्शन’ प्राप्त गरेको थियो । नेपालले २३औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा ‘विशेष अवार्ड’ प्राप्त गरेको थियो ।
सातौँ ओलम्पियाडको आवेदन
सातौँ ओलम्पियाडको आवेदन www.nepalastronomicalsociety.org/olympiad मार्फत छिट्टै खुला गरिने सोसाइटीले जनाएको छ । प्रतियोगितामा अब्बल देखिएका विद्यार्थीले सन् २०२० मा युरोपेली राष्ट्र इटालीमा आयोजना हुने ‘२५औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ तथा ‘दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा हुने १४औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाड’मा सहभागी हुने मौका पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार