बस दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त गर्दै उद्धार र उपचार प्रबन्ध गर्न सरकारसँग माग
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ सोमबार १:५९:१६
१७ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नंको बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । दुर्घटनामा झण्डै डेढ दर्जन मानिसको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
सभापति देउवाले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेसले बेपत्ताको खोजी तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार