कर्मचारीसँग प्रेम सम्बन्ध गाँसेपछि म्याक्डोनाल्ड्सका प्रमुख स्टिभ इस्टर पदच्यूत
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार २२:१४:२६
१८ कार्तिक, काठमाडौं । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ ।
आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ । केम्पजिन्स्की म्याकडोनाल्डको सञ्चालक समितिको निर्वाचित निर्देशकमध्ये एक थिए ।
आफ्नै कार्यालयका कार्यरत एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको सूचना बाहिरिएपछि ब्रुकलाई जिम्मेवारीबाट हटाएको हो ।
ब्रुकले कर्मचारीसँग सहमतिमा नै प्रेमसम्बन्ध राखेको भएपनि कम्पनीको नेतृत्वमा रहेर कम्पनीको अनुशासन र नीति उल्लङ्घन गरेको आरोप लगाइएको छ । कर्मचारीसँग प्रेम सम्बन्ध गाँस्ने कुरा कमजोर निर्णय क्षमता भएको उहाँमाथि कम्पनीले आरोप लगाएको छ ।
ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महशुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति समेत गरिसकेको समाचार बाहिर आइसकेको छ ।
बेलायती नागरिक ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन् । ५२ वर्षीय ब्रुकले सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा कम्पनीको काममा जोडिएका थिए भने सन् २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए ।
ब्रुकले म्याक्डोनल्ड्सको ख्यातीलाई नयाँ–नयाँ योजना र सेवाका सूचीद्वारा कम्पनीलाई उचाइमा पु¥याएका थिए । उनको नेतृत्वबाट कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्द
कात्तिक २८, २०८१ बुधबार
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
कात्तिक २८, २०८१ बुधबार
ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार