सरकार पेलेर गए कांग्रेसले सशक्त ढङ्गले प्रतिवाद गर्छ : सभापति देउवा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ मंगलबार १:३४:१
१८ कार्तिक, चौतारा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले एकलौटी ढंगले राज्यसत्ता संचालन गर्ने प्रपञ्च रचेमा कांग्रेस हेरेर नबस्ने चेतावनी दिएका छन् । सिङ्गो पार्टी नै अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालले कब्जा गरेझैँ देशका प्रशासनिक एवं न्यायिक निकायमा त्यसको छाँया पर्न लागेको प्रति उनले संकेत गरेका छन् ।
एक अर्को प्रसंगमा पछिल्लो पटक प्रदेश प्रमुख र नेपाल राष्ट्र बैंक भित्रको चलखेललाई आफुले नियालिरहेको उनले बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्न आम जनमानसलाई आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघभैरव नमूना माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए ।
उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने जिकिर गरे । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माण कार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा सरकार नलागेर खालि सत्ताशक्तिमा रमाउन थालेको उल्लेख गरे ।
वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद अग्नि सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राखेका थिए । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु नौ करोड १८ लाख ७८२ मा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार