३ नं प्रदेशका प्रमुख ‘झापाली टाइगर’ को हुन् ?
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार १६:२९:२५
१९ कार्तिक, भद्रपुर । विष्णु प्रसाईं प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका छन् । उनी कम्युनिष्ट आन्दोलनका पुराना नेता नेता पनि हुन् । उनी विसं २०२७ यता भएका विभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय भारतमा निर्वासित भएका व्यक्तिपनि हुन् ।
झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका थिए । झापा आन्दोलनमा सक्रिय उनी विद्यार्थीकाल (विसं २०२७) मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी भएका थिए ।
पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल परेका उनी झापाकै पुराना जुझारु कम्युनिस्ट नेता गनिन्छन् । विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री खड्गप्रसाद ओली, सिपी मैनालीलगायतसँगका समकालीन नेता हुन् । तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको थियो ।
लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी लामो अवधिसम्म भारतमा निर्वासित भएका थिए । निर्वासनमा रहँदासमेत उनले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गरेका थिए । विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायतविरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उनलाई नै पक्राउको वारेन्ट जारी गर्ने गरेको थियो ।
विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उनलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो । विसं २०६२÷६३ को आन्दोलनमा उनी झापामा आन्दोलनका नायक नै मानिएका थिए । विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनी प्रहरी दमनमा परेर गम्भीर घाइते भएका थिए।
उनी तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकाल पञ्चायतविरोधी गतिविधिमा केन्द्रित गरेका र पार्टीको सङ्गठन विस्तारमा लागेका थिए । उनलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उनलाई ‘झापाली टाइगर’ भनिन्थ्यो ।
विसं २०५४ मा उहाँ जिल्ला विकास समितिको उपसभापतिमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भए । विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए । साथै उनी तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए ।
झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएतापनि उनी किसान, मोही हकवाला र मजदुर वर्गको उठबसमा रमाएका थिए । उनले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेका थिए । उनी विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । चन्द्रकला भण्डारीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार