नेपाल प्रहरीका सात भवन निर्माणकै चरणमा
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार १६:४८:०
१९ कार्तिक, खोटाङ । जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०/२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट रु तीन करोड ९० लाख सात हजार ६७२ लगानीमा निर्माण शुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्क भूकम्प प्राधिकरण कोषको रु तीन करोड १५ लाख ९१ हजार १५१, मात्तिमबिर्ता साकेला गाउँपालिकाको रु पन्ध्र लाख, प्रहरी चौकी देवीस्थान भूकम्प प्राधिकरण कोषको रु एक करोड ७९ लाख २८ हजार ३३१, रतन्छा प्रदेश सरकारको रु एक करोड ७९ लाख ३६ हजार ३२४, च्यास्मिटार प्रदेश सरकारको रु एक करोड ६४ लाख ४८ हजार ९८३ र बुइपा प्रदेश सरकारकै रु एक करोड ७९ लाख २२ हजार ७९९ लागतमा निर्माण भइरहेका छन् ।
चार अस्थायीसहित ३५ प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम शुरु हुने जनाइएको छ । तीनवटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिने प्रहरी प्रवक्ता खेरवारले जानकारी र्दिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार