नेकपा भक्तपुरको विवादले पार्टीभित्र खैलाबैला
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार १७:२२:५९
१९ कार्तिक, काठमाडौं । नजिकिएको उपनिर्वाचनको विवादलाई लिएर भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकताबीच नै झडप भएको छ । उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टीभित्र विवाद चुलिएको छ भने पार्टीका पहिलो नम्बरका नेताहरुलाई समेत तनाव वढेको छ ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाइदिएका छन् ।
पार्टी एकता भएको लामो समय बितेपनि नेकपामा मुलनेतृत्वबाट नै गुट संचालनमा छ भन्ने उदाहरण भक्तपुरले देखाइदिएको छ । पार्टी एकीकरण पछि अध्यक्ष द्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालले मुखले जतिनै पार्टी एक भयो भने पनि स्थानीय तहमा पूर्वएमाले र पूर्वमाओवादीबीच मिलाप भने हुन सकेको छैन । अहिलेको यो विवाद र मारपिटले पाटीभित्र दबेर रहेको विवादलाई झनै उजागर गरिदिएको छ ।
र याे पनि ….कास्की–२ मा नेकपाबाट भट्टराई, दाङबाट ओली र भक्तपुरबाट ढकाल उम्मेदवार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार