आफ्नो कोटाका तीनजना प्रदेश प्रमुखले शपथ लिएसँगै दाहालले गरे सरकारको बचाउ
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार २०:४:३६
१९ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारले गरेको निर्णयलाई सहि कदम भएको तर्क गरेका छन् । घरी सरकार विरुद्ध नै आन्दोलन गर्ने त घरी जंगल जान आफु तयार भएको बताउने प्रचण्डले आज भने आफ्नो कोटाका तीनजना प्रदेश प्रमुखले शपथ ग्रहण गर्न नपाउँदै सरकारको बचाउ गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण तवरले हेरिएको छ ।
पार्टीको कामकारवाहिबाट विरक्तिएर प्रतिक्रियाहरु दिँदै आएका उनले आज भने प्रदेशका प्रमुख परिवर्तन हुनु स्वाभाविक भएको प्रक्रिया दिएका छन् । अर्का नेता माधवकुमार नेपालको नोट अफ डिसेन्टका बावजुत अध्यक्षद्वय तथा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष खड्गप्रसाद ओली र दाहालले यस्तो कदम चालेका थिए ।
प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो प्रक्रिया व्यक्त गरेका हुन् । उनले यस कार्यलाई सामान्य रुपमा लिनपनि अनुरोध गरेका छन् ।
“प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उनले भने,“यसलाई ठूलो ठान्नुपर्ने र के–के न भयो भन्नुपर्ने केही छैन ।”
नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले प्रतिपक्षमाथि सम्मान गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।”
पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु¥याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गर्न भुलेनन् ।
“उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ”, अध्यक्ष दाहालले भने,“उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ ।”
नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छठ, मोहर्रमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी नेपालगञ्ज पुगेका हुन् ।
कार्यक्रममा बाेल्दै उनले चाडवाड सकिएपछि लगत्तै उपनिर्वाचन हुन लागेकाे र याे चुनावमा लाेकतन्त्रवादी, समाजवादकाे पक्ष तथा सामाजिक न्याय सहितकाे शक्तिलाई विजय गराउन अनुराेध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार