कास्की क्षेत्र नं. २ मा कांग्रेसको विवाद
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार २१:२०:८
१९ कार्तिक, काठमाडौं । आगामी मंसिर १४ मा हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको उमेदवारी दर्ता गर्ने दिन आइसक्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र विवादले बास लिएको छ । कास्की क्षेत्र नं. २ मा धनराज गुरुङ र देवराज चालिसे कसलाई टिकट दिने भन्नेबारे कांग्रेस भित्र विवाद चर्केको हो । जसका कारण कांग्रेसले उमेदवार टुंगो लगाउन सकेको छैन ।
उमेदवार चयन गर्न आज विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठक विवादका कारण स्थगित भएको छ । विहान साढे ९ बजेदेखि सुरु भएको बैठक साढे ११ बजे स्थगित भएको छ ।
कास्की–२ मा कसलाई उमेदवार बनाउने विषयमा विवाद हुँदा टुंगोमा पुग्न नसकिएको स्रोतको भनाई छ । उक्त क्षेत्र वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएकोले उमेदवार चयनमा समस्या भएको हो ।
पौडेलको चाहना छिमेकी जिल्ला स्याङ्जाका नेता धनराज गुरुङलाई उमेदवार बनाउने रहेको बुझिन्छ । तर स्थानीय नेता कार्यकर्ता भने त्यसको विरोधमा रहेका छन् । उनीहरुले पहिला पनि चुनावमा उठेका देवराज चालिसेलाई टिकट दिन माग गरेका छन् ।
दुईजनाको नाम आएका कारण उम्मेद्वारको टुंगो लगाउन ढिलाई भएको हो :– केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन् । अहिले स्थगित भएको बैठक पुनः बस्ने र आजै सबै उमेदवारको नाम टुंगो लगाउने दावी शर्माले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार