देशकै अब्बल सीडीओ कुरुम्बाङ् अब स्याङ्जामा खटिए
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार २२:५०:३
१९ कार्तिक, स्याङ्जा । सरकारले गरेको ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीको कार्य सम्पादनको नतिजामा उत्कृष्ट भएका रामबहादुर कुरुम्बाङ् स्याङ्जाको प्रजिअ(सीडीओ)को रुपमा खटिएका छन् ।
यसभन्दा अगाडी बर्दियामा कार्यरत प्रजिअ कुरुम्बाङ् सरकारले हालै गरेको सरुवामा उनको जिम्मेवारी स्याङ्जा तोकिएको हो । स्याङ्जाको प्रजिअको जिम्मेवारी लिएर कार्यभार सम्हालेका कुरुम्बाङ् जिल्लाका जनप्रतिनिधि, पत्रकारहरु, राजनीतिकदलका प्रतिनिधि, उद्योगी व्यवसायी, कर्मचारीहरु सगँको भेटघाटमा तथा जिल्लाको वस्तुस्थितीका बारेमा बुझ्न व्यस्त छन् ।
सोमबार जिल्लाका पत्रकारहरु सगँ भेटघाट गर्दै प्रजिअ कुरुम्बाङ्ले जिल्लाको शान्ति सुरक्षा, सुशासन, भष्ट्रचार रोक्ने, विकास निमार्ण, नागरिकको कामलाई छिटोछरितो सेवा प्रवाह, कालो बजारी लगायतका विषयमा आफ्नो ध्यानाकर्षण हुने बताए । “म प्रशासक नभएर जनताको सेवक हुँ” उनले भने, “सिडिओलाई शासकको रुपमा समेत हरिने गरिन्छ तर म जनताको सेवकको रुपमा हेरिने बातावरण बनाउनेछु ।” सरकारी कामको निगरानी मात्रै नभएर समग्र विकास निर्माणदेखि अनियमितताका बारेमा निगरानी राख्न उनले पत्रकारहरुलाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संचारकर्मीहरु सगँ भएको छलफलममा शुसासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्वाङ्ले खोज पत्रकारीता गर्न जिल्लाका सबै संचारकर्मीहरुलाई आग्रह गरे । “यसका लागि म बाटै खोज पत्रकारिताको सुरुवात होस” कुरुम्बाङ्ले भने । “भष्ट्राचारका बिरुद्ध पत्रकार साथीहरुले कलम चलाउन्” भन्दै कुरुम्वाङ्ले पत्रकारको सुरक्षामा आफुले कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
मिडिया र कर्मचारी मिलेर काम गर्न आफु तयार रहेको उनले बताए । जनप्रतिनिधीहरुले कार्ययोजना बनाउने, बजेट ल्याउने हो प्रजिअ कुरुम्बाङ्ले भने, “त्यसको कार्यन्वयन कर्मचारीतन्त्रले गर्नुपर्छ भन्ने अनुभव हामी सगँ छ ।” भष्ट्रचार आफुले पनि नगर्ने र अन्यबाट भएको थाहा पाए नछाड्ने आफ्नो पहिलो काम हुने उनले बताए । पैसाको लेनदेनलाई मात्रै भष्ट्रचार हो भन्ने मेरो मान्यता छैन सरकारले दिएको जिम्मेवारीमा तलमाथी गरेपनि भष्ट्रचार गरेको ठहर हुने छ यसका लागि जिम्मेवार रहन आग्रह गरे ।
आफु म्याग्दीमा प्रजिअ हुँदा शुरु गरेको एकिकृत घुम्ति शिविर प्रभावकारी भएको भन्दै स्याङ्जाका घर—घरमा गएर जनताको सेवा गर्ने अभियानमा रहेको उनले बताए । दशमै पहिलो पटक आफुले शुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्वाङ्ले घुम्ति शिविरलाई जिल्लामा पनि निरन्तरता दिने बताए । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानिय तहको पनि प्रतिनिधि हो उनले भने, “सबैसँग सहकार्यगर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने छु ।”
नागरिक र कर्मचारी विचको सम्वन्ध नजिक भयो भने मात्रै सुशासन कायम हुने भन्दै जिल्लामा रहेका कर्मचारीहरुलाई जनतालाई मुस्कान सहितको सेवा दिन आग्रह गरे । कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाँण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले बोलेका थिए । यसअघि स्याङ्जाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै नव आगन्तुक प्रजिअ कुरुम्वाङ्ले सेवा प्रवाह प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।
जनताको सेवकको रुपमा कर्मचारीहरुलाई काम गर्न प्रजिअले निर्देशन दिएको सुवेदीले बताए । २०६६ सालबाट प्रजिअको जिम्मेवारी पाएको बताउदै कुरुम्वाङ्ले २०५५ सालमा निजामती कर्मचारीबाट सेवा प्रवेस गरेका थिए । तेह्रथुममा २०२७ सालमा जन्मेका कुरुम्बाङ्ले २०४९ सालबाट चार बर्ष नेपाल आर्मीमा अधिकृत भएर काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस
असोज ४, २०८१ शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार