आजबाट साङ्घाई एक्पो सुरु : चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ बुधबार २:३४:९
१९ कार्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन् ।
मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरेका हुनु्।
निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए ।
व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दावी गरे ।
उनले भने, “बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन् ।”
चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लाने विश्वास उक्त अवसरमा राष्ट्रपति सीले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार