पोर्चुगलमा विश्वका १६३ देशका ७० हजार प्रतिनिधिको वेब सम्मेलन शुरू

नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार ११:३८:५१

२० कार्तिक, एजेन्सी । विश्वका १६३ देशका करीब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि शुरू भएको छ ।
सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति योभन्दा अझै तीव्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।”
आगामी वर्षहरूमा पाँचौँ पुस्ताको (फाइभ–जी) प्रविधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रविधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए ।
कुओले भने, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ (वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रविधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ ।”
हुवावेको रणनीति मोवाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आटर््स प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए । चार दिन लामो सम्मेलनमा करीब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन् ।
आयरल्याण्डबाट सन् २००९ मा शुरू गरिएको वेब सम्मेलन विश्वकै सबैभन्दा ठूलो प्रविधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार