झापाको सुरुङ्गाबाट दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १२:४६:३८
२० कार्तिक, कनकाई । झापा प्रहरीले सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । मंगलबार बिहान दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।
उन्पचास थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । विर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुवै ट्रक पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । प्रहरीले ना.५ख ५९४६ र ना.६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको हो ।
लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिए ।
प्रहरीका अनुसार नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेको हो । प्रहरीले केही महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलीप विश्वकर्माले साथ दिँदै आएका थिए ।
झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द्र(मण्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोही बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । केही महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिटसमेत गरेको घटना बाहिर आएको थियो । दैनिक चार÷पाँच ट्रक पशुचौपाय तस्करीका लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।
झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठूलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको हो । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शून्यमा झार्ने रणनीति रहेको बताए । मुख्य राजमार्गबाट दक्षिणतर्फ एउटा पनि चौपाय लैजान नदिने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार