हस्तीचौरमा बन्यो झोलुङ्गे पुल
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १५:४५:०
२० कार्तिक, तम्घास । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उनले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवासलगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताए ।
पुल बनेसँगै स्थानीयवासी पनि हर्षित भएका छन् । स्थानीयवासीलाई आवातजावतमा सहज भएको, घाँस, दाउरा ल्याउन तथा विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सहज भएकामा स्थानीयवासी खुशी भएका हुन् । स्थानीयवासी मीना कुमालले पुलले गर्दा सबैभन्दा धेरै बर्खायाममा सहज हुने प्रतिक्रिया दिए । “बर्खायाममा खेतमा आवतजावत गर्नुपर्ने हुन्छ, तर खोला ठूलो आउने भएकाले धेरै गाह्रो हुन्थ्यो”, उनले भने, “पुल बनेसँगै राहतको महसुस भएको छ ।”
कूल ३०४ मिटर लम्बाइ रहेको पुल ९१ मेट्रिक टन अर्थात् ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्ने गरी विराट÷अन्नपूर्ण जेभीले निर्माण गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्शन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण गरिएको वडा नं १ का अध्यक्ष चुरा खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
संविधान संशोधन : सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार