तीनकुने पार्कमा भूमाफियाको आँखा ! दुर्व्यसनी, वेश्यावृत्ति र दिसापिसाबको केन्द्र
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार २१:४८:४९
२० कार्तिक, काठमाडौं । ३० लाख रुपैयाँ खर्चेर चिनियाँ राष्ट्रपति सि चिन फिङ् आउने बेलामा गत असोज २५ गते अघि नै झकिझकाउ सिँगारिएको तीनकुने यतिबेला पूर्ववत अनैतिक गतिविधिको अखडा हुनपुगेको छ । हरेकपटक विदेशी पाहुना आउँने मौकामा यसलाई सतही रुपमा सजाउने काम हुने गरेझैँ चिनियाँ राष्ट्रपतिलाई देखाउनका लागि फूलका बिरुवा, दुवो रोपेर पार्कको रुप दिईएको एयरपोर्ट नजिकैको तीनकुने यतिबेला हरेक राती दरबारमार्ग र ठमेलका यौन गतिविधि हुनेगरेको स्थानीय वासिन्दाले बताएका छन् ।
हरेक राती २-४ जोडी त्यहाँ पुगेकै हुन्छन् भनी ती स्थानीय बताउँछन् । साथै, खुला दिशा मुक्त शहरको रुपमा घोषित काठमाडौँमा दिशा–पिसाबले चापेका बटुवाको लागि खुला दिशापिसाब केन्द्र झैँ भएको छ ।
पहिले ५३ रोपनी रहेको तीनकुनेको उक्त सरकारी जग्गा बीचमा सडक विस्तारको कारणले मासिएर हाल ५० रोपनी मात्र रहेको छ । जग्गाको वरिपरि मात्र सजाईएको छ, भित्रपट्टी उस्तै हिलो वा धुलो र फोहरयुक्त उजाड यथावत छ । वरिपरिको दुवो र फूलका बिरुवाका लागि दैनिक २ ट्याङ्कर पानी लगाउने गरेको, महानगर स्रोतले बतायो ।
दशौँ अर्ब मूल्य पर्ने तीनकुनेको जग्गा धेरैवर्षदेखि त्यत्तिकै उपेक्षित रहेको छ । जग्गाधनीहरूलाई मुआब्जा दिन बाँकी रहेको हुनाले यहाँ कुनै निर्माण कार्य नगरिएको महानगर स्रोत बताउँछ । २१ रोपनी जग्गाको लागि महानगरपालिकाले १० करोड रुपैयाँ दिएको, ८ रोपनी जग्गावालाहरूसँग मुआब्जाको कुरा नमिलेको र २२ रोपनीका लागि जग्गाधनीहरूले मुआब्जा मागेपनि सरकारी दावी अनुसार त्यो पहिले नै सार्वजनिक जग्गा रहेको भन्ने विवाद रहेको छ ।
अर्कातिर यो जग्गा पनि भूमाफियाको कुदृष्टिमा परीसकेको छ । भूमी व्यवस्था कार्यालयमा महत्वपूर्ण कागजात वा रेकर्ड हराउनु नौलो र दण्डनीय घटना भएन । त्यसैले तीनकुनेको जग्गाको रेकर्ड र नक्सा कुनै दिन गायब भयो भने आश्चर्य मान्नु पर्दैन ।
विकासको अस्थायी नाटक यो जग्गामा पटकपटक हुँदैआएका छन् । स्थानीय निर्वाचनअघि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेर पार्क बनाउन जमिन सम्याएको थियो । यसलाई पार्कको रुपमा सिँगारेर पार्कको बीचमा नेपालको सबभन्दा ठूलो झण्डा फहराईरहने उसको योजना थियो ।
तर निर्वाचित जनप्रतिनिधिहरू आएपछि कता के भयो ? काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले पार्क बनाउने काम रोकिदिए । त्यसपछि यो ठाउँ फेरि बस र ट्रक पार्किङ् गर्ने भद्रगोले अखडा बन्यो । अठारौँ सार्क शिखर सम्मेलनको तयारी कालमा महानगरपालिकाले उपेक्षित र बेस्याहार भएका सार्वजनिक जमिनहरूलाई पार्क बनाउने योजना अघि सा¥यो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रू १ करोड अनुदान पनि दियो । तर अहिले जस्ताको त्यस्तै ।
चिनियाँ राष्ट्रपति सीलाई देखाउनकै लागि त्यहाँ सजाएर राखिएका मृगको मूर्ती, फूलदान लगायतका वस्तुहरू चोरी हुनथाले । लागु औषध दुब्र्यसनीका साथै वेश्यावृत्तिको अखडा बन्न पुग्यो तीनकुने पार्क । ती सामान चोर्न कहाँका मान्छे आईपुगे, यो प्रश्नको उत्तर दिन सक्दैनन् स्थानीयहरू ।
सो जग्गा २०३३ सालमै तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको थियो, जग्गाधनीलाई मुआब्जा दिने प्रतिबद्धताका साथ । सरकारले मुआब्जा दिईसकेको पनि हो । तर सोसम्बन्धी प्रमाणका सम्पूर्ण कागजात रहस्यमय तरिकाले गायब भए । २०५२ सालमा मुआब्जा दिने फेरि तरखर भयो ।
तर त्यो बेला जग्गाको मूल्यबारे विवाद उठेर त्यतिकै रोकियो । आजसम्म त्यो जग्गा भुराभुरी खेल्ने, बस वा ट्रक पार्किङ्, दिशापिसाब, वेश्यावृत्ति, लागुऔषध दुब्र्यसन, ड्राईभिङ् सिक्ने, कसिंगर वा फोहोर फाल्नेजस्ता अनैतिक कार्यको लागि सरकारबाट अघोषित रुपमा उपलब्ध स्थान झैँ हुन पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार