अंग्रेजीमा विज्ञप्ती निकाल्न डरायो सरकार ? नाम र दर्जा गायब !
इन्द्र रिजाल
कात्तिक २०, २०७६ बिहिबार २:३:५५
ट्विटर र फेसबुक प्रयोगकर्ताको मुखमा बुझो लगाउन नेपालीमा प्रेस विज्ञप्ती
२० कार्तिक, काठमाडौं । वैदेशिक सरोकारका विज्ञप्तीहरु अंग्रेजी भाषामा प्रकाशित गर्ने चलन छ । तर परराष्ट्र मन्त्रालयले नेपाली भाषामा विज्ञप्ती प्रकाशित गरेको छ । विज्ञप्तीमा हस्ताक्षर गर्ने व्यक्तिको नाम र दर्जा पनि छैन ।
एउटा प्रारम्भिक हस्ताक्षर ( इनिसियल सिग्नेचर) छ । यो विज्ञप्ती हेर्दा लाग्छ यो फेसबुक र ट्विटरमा आएका प्रतिक्रियालाई जवाफ दिनका लागि नेपाली सरोकारवालाहरुलाई विज्ञप्ती जारी गरिएको हो । अन्यत्र यस्तो नक्शा सम्वन्धी विवाद आउँदा सम्वन्धित देशको राजदूतलाई बोलाएर सोध्ने गरिन्छ । यस्तो केही गरिएको छैन । झारा टार्नका लागि विज्ञप्ती निकालिएको देखिन्छ । त्यो पनि नेपाली भाषामा ।
नेपालीहरु यत्ति मुर्ख पनि छैनन् कि सरकार गोली गट्ठा बोकेर कालापानी जाओस् । तर दिउँसै अध्यारो पार्ने गरी जनताको आँखामा छारो हाल्ने गरी फेसबुक र ट्विटरमा आवद्ध सामाजिक संजालका प्रयोगकर्तालाई थामथुम पार्ने र आगामी मंसीरमा हुने चुनावमा भोट नघटोस् भनेर यो विज्ञप्ती आएको कुटनीतिक र राजनीतिक विश्लेषकहरुको अभिमत रहेको छ । यसै बीच सीमा विवाद सम्बन्धमा जारी प्रेस विज्ञप्तीको भाषा र आशयप्रति फेसबुक र ट्विटरमा व्यापक आलोचना पनि शुरु भएको छ ।
विज्ञप्तीमा एकातिर कालापानी नेपालको हो भन्ने आशयको शव्द राखिएको छ भने अर्कोतिर विवादित विषयहरु आपसी समझदारीबाट सुल्झाउने भनी कालापानी विवादित क्षेत्र हो भनी सरकारले स्वीकार गरेको छ । कालापानी बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने जनस्तरबाट माग बढी रहेको बेला सरकारले भने उल्टो कालापानीलाई विवादित क्षेत्र भन्ने स्वीकार गर्दै आपसी समझदारीका आधारमा समस्या सुल्झाउन आग्रह गरेको छ ।
सत्तारुढ दलका भातृ संगठनहरुले जुलुस निकालेको नाटक गरिरहेका छन् । त्यो नाटक आउँदो मंसीरमा हुने उपचुनावमा फेसबुक र ट्विटरवालाहरुले विपक्षमा माहोल बनाउलान् कि भन्ने डरले मात्र चुनावी मसलाका लागि मात्र हो । सीमा विवादका नाममा गुठी आन्दोलनले झैं धुव्रीकरण हुने हो कि भन्ने डरले सत्तारुढ दलका भातृसंगठनले गो ब्याक इण्डिया भन्ने नारा लगाएका हुन् ।
जुलुसमा सहभागीहरुका अनुहारमा देशभक्तिको झलक र आक्रोश कही कतै देखिदैन थियो । १२ बुँदे दिल्ली सम्झौतालाई जीवनको सबैभन्दा ठूलो मार्गदर्शक बनाएकाहरुले देशभक्तहरुको धुव्रीकरण नहोस् भन्ने एकमात्र रणनीतिमा गो ब्याक इण्डिया भन्ने नारा लगाई रहेको देखिन्छ ।
Press Release In Nepali Language Just To Muffle Twitter & Facebook Users
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार