पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ डिस्चार्ज

नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १३:५:२१

२१ कार्तिक, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ । सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस)मा केही हप्तादेखि उपचार गराइरहेका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो । उनको रगतमा समस्या रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।
सरिफको पार्टी पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन) का प्रवक्ता मारियाम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्था गरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उनले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिए । रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरूको विषेश टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताए ।
भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहेका सरिफलाई स्वास्थ्यस्थीति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीदिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार