टेक्सासमा महिलाको हत्यामा दोषी ठहरिएकालाई मृत्युदण्ड

नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १९:०:३४

२१ कार्तिक, एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।
अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह ‘ग्याङ’ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् ।
हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।
संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार