दश करोड बराबरको अम्ब्रीसाको कुचो बिक्री
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार २२:४६:३७
मिना कंडेल
२१ कार्तिक, नवलपुर । पूर्वी नवलपरासीको पहाडी भेगका कृषकले अम्ब्रीसोको कुचो बिक्री गरि राम्रो आम्दानी गर्न सफल भएका छन् । बुलिगंटार, बौंदीकाली, हुप्सेकोट गाउँपालिकाबाट मात्र दश करोडको अम्ब्रीसोको कुचो बिक्री भएको छ ।
यस क्षेत्रका आठ सय ५० घर परिवार अम्ब्रीसोको खेतिमा आश्रित रहेका छन् । उनीहरुले यो बर्ष चार लाख देखि १० लाखसम्म अम्ब्रीसो बेचेर आम्दानी गरेको बुलिङटार गाउँपालिकाका किसान यमबहादुर दर्लामी मगरले बताए ।
हुप्सेकोट, बुलिगंटार, बौंदीकाली गाउँपालिकाका भीर पाखा र नागाँ डाडाँमा दुई–दुई बर्षमा अम्ब्रीसो लगाएर यहाँका आठ सय ५० घर परिवारले अम्ब्रीसोेको कुचो बनाएर सबै भन्दा राम्रे आम्दानी गर्ने गरेका बुलिगंटार गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकोटीले बताए ।
सात बर्ष अघि सडक पुगेको बौदीकाली गाउँपालिकाको नरम, कुवाकोट, रुचाङ, रकुवा, मिथुकरम जस्ता गाउँहरुमा यहाँका जनताले गाडीमा लोड गरेर कुचो बिक्री गर्न मधेश झर्ने गरेका र कुचो बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएका बौंदकिाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले यो बर्ष हुप्सेकोट गाउँपालिकाले बजेटमा नै कृषिमा ठुलो रकम बिनियोजन गरेर कृषकलाई कृषि पेशा तर्फ दीर्घकालिन रुपमा नै संल्गन बनाउन आगामी बर्षदेखि अम्ब्रीसोे, अदुवा जस्ता खेती गर्ने किसान अझ बढि आर्कर्षित हुने बताएकी छिन् ।
दश बर्ष अगाडिसम्म जंगल फाँडेर खोरिया बनाएर मकै रोप्ने गरेका हुप्सेकोट गाउँपालिकाको वडा नं २, ५ र ६ का पहाडी क्षेत्रका बासिन्दाले अहिले खोरिया फडाँनी गर्न छाडेर नाँगा डाडाँमा अम्ब्रीसोे लगाएर जिल्ला भरि नै राम्रो आम्दानी लिने कृषकमा गनिने थालेका गाउँपालिकाका अध्यक्ष पाण्डेले बताइन ।
अम्ब्रीसो लगाएको दुई बर्षसम्म गोडमेल गर्नु पर्ने र मात्र काटेर कुचो बनाउन सकिने कृषकहरुले बताए । यो प्रत्येक दुई–दुई बर्षमा काटन् सकिने भएकाले पनि बर्षेनी फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको कृषकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार