सिंघम स्टाइलका आईजीपी खनाल भन्छन्– “अपराधीहरु थर्थर काँप्ने बनाएको छु”
इन्द्र रिजाल
कात्तिक २१, २०७६ शुक्रबार ०:३६:३३
२१ कार्तिक,काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्यभार सम्हालेयता मुलुकको सुरक्षा अवस्थामा ठूलै परिवर्तन नभएपनि सन्तोषजनक प्रगति भएकै देखिन्छ । विगतका प्रहरी नेतृत्वको तुलनामा इमान्दार छवि र कार्यकौशल देखाएका महानिरीक्षक खनाललाई असफल देखाउन संगठन भित्र र बाहिरका केही मानिस लागिपरेका छन् ।
३० वर्षे कार्यकाल सम्पन्न हुने बेलामा महानिरीक्षक खनाललाई बदनाम गर्न चौतर्फी आक्रमणको तानाबाना बुन्ने खेल सुरु भएको छ । धेरै बर्षपछि प्रहरीको मनोवल उच्च राख्न सफल आईजीपी खनाललाई विगतदेखि नै अपराधीका लागि सिंघम स्टाइलमा काम गर्ने अफिसरका रुपमा चिनिन्छ ।
नेपाल प्रहरीमा बेग्लै पहिचान बनाएका महानिरीक्षक सर्बेन्द्र खनाल अहिले चर्चाको शिखरमा छन् । नेपाल प्रहरीको २६ औं महानिरीक्षक खनाललाई विवादमा पारेर स्वार्थ सिद्ध गर्न पाइएला की भनेर धमिलो पानीमा माछा मार्न खोज्नेहरु पनि धेरै छन् । २०७४ चैत २८ गतेबाट नेपाल प्रहरीको प्रमुखको कार्यभार सम्हालेका उनी आगामी फागुनमा ३० वर्षे कार्यकाल पूरा गरी विदा हुँदै छन् । यसै सेरोफेरोमा आईजीपी खनालले नेपाल बहससँग लामो कुरा गरेका छन् । त्यसैको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
विगतमा उनले धेरै अपराधीहरुलाई थर्थर काँप्ने बनाएका हुन् । खनालले सुरु गरेको अभियानले गति लिंदा गुण्डा अपराधीको भागाभाग हुने अवस्था निर्माण भएको छ । आफ्नो छोटो कार्यकालमा उनी धेरै अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल भएका छन् । बर्षौदेखि अदालतबाट सजाय पाएर पनि फरार कतिपय अपराधीलाई देशव्यापी मिशन बनाएर पक्राउ गर्ने अभियान आईजीपी खनाल कै सक्रियतामा सफल भएको छ ।
वहालवाला सभामुखविरुद्ध उजुरी पर्ने वित्तिकै पक्राउ गर्न सक्रियता देखाउने आईजीपी खनालले १२ बर्षअघि अपराध गर्ने अर्का रौतहटका कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई पनि कानूनी कठघरामा ल्याउन गहन अनुसन्धान गरे । यतिको आँट र साहस विगतमा कुनै प्रहरी प्रमुखले देखाएको अनुभव नेपाली जनतालाई छैन ।
यस्ता साहसी र निडर प्रहरी प्रमुखलाई बद्नाम गराउन रातोदिन धूप हाल्नेहरु अहिले प्रधानमन्त्री र गृहमन्त्रीदेखि विभिन्न शक्तिकेन्द्रमा समक्ष पोल लगाउने ध्याउन्नमा देखिएका छन् । तर उनी आफ्नो कर्तव्यबाट डगेका छैनन् । प्रधानमन्त्री केपी ओलीले धूपौरेहरुको कुरा सुनेपनि काम भने आफ्नै विवेकले गरिरहेका छन् । प्रधानमन्त्रीले आईजीपीसँगको एक्लाएक्लै भेटमा “किप इट अन” नै भन्ने गरेको स्रोतको भनाई छ ।
जबकी सरकारद्धारा गठित छानविन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमै भएको निष्कर्ष निकालेको छ । सरकारी समितिले मात्र नभै संसदीय समितिले समेत यसको छानविन ग¥यो । दुबै निकायले उक्त घटनामा प्रहरीले नक्कली इन्काउन्टर नगरेको प्रतिवेदन बुझाएको छ ।
ईन्काउन्टर स्पेशलिष्टको छवि समेत बनाएका आईजीपी खनाललाई बदनाम गराउन अहिले एउटा अपराधिक गिरोह नै सलबलाएको छ । गुण्डा नाइके कुमार घैंटेलगायतलाई सखाप पार्ने खनालको लोकप्रियता आम नागरिकबीच बढेको हो ।
तर पछिल्लो अवस्थामा उनलाई राजनीतिक विवादमा पार्न सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यलाई उछाल्ने काम भइरहेको छ । मानव अधिकार आयोगले कुमार पौडेल र घैंटेको दोहोरो भिडन्तमा नभै नक्कली इन्काउन्टर गरी मारेको आरोप लगाएको छ ।
यसैलाई देखाएर कतिपय आत्मरतिमा रमाएका छन्, जबकी सरकारद्धारा गठित छानविन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमै भएको निष्कर्ष निकालेको छ । सरकारी समितिले मात्र नभै संसदीय समितिले समेत यसको छानविन ग¥यो । दुबै निकायले उक्त घटनामा प्रहरीले नक्कली इन्काउन्टर नगरेको प्रतिवेदन बुझाएको छ ।
उनी गुण्डागर्दी गर्नेलाई स्कूले जीवनदेखिनै मन पराउँदैन थिए । यसबारे नेपाल बहससँग कुरा गर्दै भने – म कुनै ठाउँमा गुण्डागर्दी सहन्न । प्रहरीको बलियो उपस्थितिले भ्रष्टाचार, गलत व्यवहार र बदमासी पनि नियन्त्रण गर्न सकिन्छ । आफूलाई विवादमा पार्न खोजिएपनि कर्तव्यबाट च्यूत नभएकोमा उनी गर्व गर्छन् ।
बाल्यकालदेखि नै अन्याय र थिचोमिचो सहन नसक्ने उनको स्वभाव प्रहरी अधिकृतका रुपमा पनि कायमै रह्यो । टोल समाजमा हुने गुण्डागर्दी र अपराधीविरुद्ध लडेका उनी अहिले पनि त्यही मान्यतामा अडिग छन् । आईजीपी खनालले आर्थिक अनुशासनमा जोड दिएका छन् । पारदर्शिता र संगठनको उच्च मनोबल नै आफ्नो ठूलो सम्पति रहेको उनी दावी गर्छन् । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र गल्ती गर्नेलाई दण्ड दिने उनको कार्यशैली हो ।
अब सरुवा बढुवामा कुनैपनि खाले आर्थिक लेनदेनको गुन्जायस् छैन – आईजीपी खनाल भन्छन् । गलत गर्नेलाई आफूले छुट नदिनेमा उनी दृढ छन् । साथै राम्रो गर्नेलाई पुरष्कृत गर्न पनि उनी पछि हट्दैनन् । गलत गर्ने कमाण्डरलाई समेत कारबाही गरेको धेरै उदाहरण उनले दिए ।
निर्भिकतापूर्वक प्रहरीले काम गर्ने वातावरण बनाउन नै उनी जागीरे अवधिभर दत्तचित्त रहे । अप्ठ्यारो परिस्थितिमा व्यवसायिक धर्म निर्वाह गरेका सम्पूर्ण कर्मचारीहरुको अभिभावकत्व संगठन प्रमुखबाट हुनेछ भन्ने स्पष्ट सन्देश उनले दिएका छन् ।
संयुक्त राष्ट्र संघको शान्ति अभियानलाई सघाउन नेपाल प्रहरीको ठूलो योगदान छ । त्यहाँ विगतमा पुरुषको तुलनामा महिलाको उपस्थिति न्यून हुन्थ्यो । तर खनालले आफ्नो कार्यकालमा यो संख्या बढाएका छन् । प्रहरी प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउन उनले सरुवा बढुवा प्रणालीमा सुधार गरे ।
अब सरुवा बढुवामा कुनैपनि खाले आर्थिक लेनदेनको गुन्जायस् छैन – आईजीपी खनाल भन्छन् । गलत गर्नेलाई आफूले छुट नदिनेमा उनी दृढ छन् । साथै राम्रो गर्नेलाई पुरष्कृत गर्न पनि उनी पछि हट्दैनन् । गलत गर्ने कमाण्डरलाई समेत कारबाही गरेको धेरै उदाहरण उनले दिए ।
उनको कार्यकालमा आतंककारी गतिविधि पनि घटेको देखिन्छ । चाहे त्यो विप्लव समूहको होस् वा अरु कसैको । साथै नेपालमा अपराध गरेर विदेश फरार भएकाहरुलाई समेत उनको सक्रियतामा पक्राउ गरिएका बग्रेल्ती उदाहरण छन् । हामीले अन्तर्राष्ट्रिय समन्वय बढाएका छौं , त्यसैले यो संभव भएको हो ।
यसका साथै उनकै कार्यकालमा नेपालमा ठूला सम्मेलन र वरिष्ठ व्यक्तित्वको भ्रमण पनि भएको छ । चाहे त्यो चिनियाँ राष्ट्रपति सी जीनपिङको होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नै किन नहोस् । सुरक्षाका दृष्टिले उनी कतै चुकेनन् । यसका लागि प्रधानमन्त्री र गृहमन्त्रीले मात्र हाेइन आमनागरिकले पनि उनलाई धन्यवाद दिएका छन् । नागरिक र समूदायको साझेदारी अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको उनको ठम्याई छ । गत वर्षबाट शुरु गरिएको यो कार्यक्रममा देशभरका ७५३ स्थानीय तहसँग सहकार्यमा काम भइरहेको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा आईजीपी हटाउने हल्ला बजारमा प्रायोजित रुपमा फैलाइयो । तर यथार्थमा त्यस्तो केही थिएन । खनालबाट स्वार्थसिद्ध हुन नसकेकाहरुको छटपटीले यस्तो हौवा फैलाएको थियो । ‘प्रधानमन्त्रीले भेट्दा सधैं राम्रो गरेको भन्दै स्याबासी दिनु भएको चाहिं मलाई सम्झना छ’ – आईजीपी खनालले भने ।
आईजीपी खनालको कार्यकालमा विगतमा कहिल्यै नभएको सुनकाण्डका अपराधीमाथि कारबाही भएको छ । ७५ जना सुन तस्कर त अहिले जेल चलान भएका छन् । आईजीपी खनालको सक्रियता र कार्यशैली सुदृढ हुँदा कतिपयको टाउको दुखेको छ ।
त्यसैले उनलाई बद्नाम गर्न सकिन्छ की भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी हालेर दुख दिने प्रयास नभएका होइनन् । त्यसैले कतिपय विषयमा अख्तियारले नियमित सोधपुछ गरेको छ । त्यसलाई उनी सामान्य प्रक्रिया मान्छन् । कुनै अनियमितता भएको पाइए म कारबाही भोग्न तयार नै छु नी , मैले यसमा खासै केही टिप्पणी गर्नुपर्ने छैन – उनी भन्छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा आईजीपी हटाउने हल्ला बजारमा प्रायोजित रुपमा फैलाइयो । तर यथार्थमा त्यस्तो केही थिएन । खनालबाट स्वार्थसिद्ध हुन नसकेकाहरुको छटपटीले यस्तो हौवा फैलाएको थियो । ‘प्रधानमन्त्रीले भेट्दा सधैं राम्रो गरेको भन्दै स्याबासी दिनु भएको चाहिं मलाई सम्झना छ’ – आईजीपी खनालले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
छ सय ६० जना गर्भवती र सुत्केरीको हवाई उद्धार
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु , डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार